पुस १४, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको निर्णय प्रति चुप नलाग्ने बताएका छन् ।
ओलीको उक्त कदम असंवैधानिक र अलोकतान्त्रिक भएको बताउंदै आफूहरु अन्तिम सम्म लड्ने बताएका हुन् ।
प्रचण्डले मंगलबार भृकुटीमण्डपमा आयोजित सभालाई सम्बोधन गर्दै भने,“तपाईहरु के–के गर्ने हो गर्नुस् । हामी त्यसै छाड्नेवाला छैनौँ ।”उनले ओलीजस्तो ढाँटछल गर्न आफूलाई नआउने बताए ।
ओलीले संसद विघटन गरेपछि त्यसको बिरुद्धमा प्रचण्ड-नेपाल पक्षले सडक प्रदर्शन देखि विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेका छन् ।