२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालका लागि भारतका पूर्वराजदूत श्याम शरणले भने,भारतले ‘पर्ख र हेर’नीति अपनाउनु पर्छ

२०७७, १५ पुष बुधबार ०६:२८

पुस १५, काठमाडौँ । नेपालका लागि भारतीय पूर्वराजदूत श्याम शरणले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम बारे भारतको अंग्रेजी पत्रिका दि ट्रिब्युनमा लेख लेखेका छन् । उनले नेपाल कम्युनिष्ट पार्टीको विभाजन चिनका लागि झट्का भएको बताएका हुन् ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छिले नेकपालाई एकजुट बनाउँन रेफ्रिको भूमिका खेलिरहेको बताएका छन् । उनले भनेका छन्,' चिनले चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय सम्पर्क विभागका उप-मन्त्रीको नेतृत्वमा चार सदस्यीय दलको प्रतिनिधिमण्डल पठाएको र एनसीपीलाई एकतामा राख्नको लागि अन्तिम प्रयास गरिरहेको छ ।'

प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटन खारेज गर्न र नेतृत्व परिवर्तन स्वीकार्न दबाब दिइरहेको उनले बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्न मनाएर गैरविवादास्पद व्यक्तित्वलाई 

प्रधानमन्त्री बनाउन पहल भइरहेको बताएका छन् । ओली यसको प्रतिरोध गर्न बाध्य भएको उनले उल्लेख गरेका छन् । उनले पछिल्लो राजनीतिक घटनालाइ हेरेर दिल्लीले पर्ख र हेरको रणनीतिमा बस्नुपर्ने बताएका छन्।राजनीतिक उथलपुथलले मात्र आर्थिक संकटलाई उकास्न नसक्ने र व्यापक हिंसा निम्त्याउन सक्ने उनको दाबि छ ।

उनले नेपाल कोभिड १९ को महामारीबाट निकै प्रभावित भएको बताउंदै रेमिट्यान्स सुकेको बताएका छन् । उनले भने,'कोरोनाले विदेशमा काम गर्ने प्रवासी जनसंख्याबाट रेमिट्यान्स सुकेको छ ।' पार्टीको आन्तरिक संघर्ष अन्त्य गर्न संसद विघटन गर्नुले बहुदलीय लोकतन्त्रलाई नोक्सान पुर्याएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण