१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालका लागि भारतका पूर्वराजदूत श्याम शरणले भने,भारतले ‘पर्ख र हेर’नीति अपनाउनु पर्छ

१५ पुष २०७७, बुधबार ०६:२८

पुस १५, काठमाडौँ । नेपालका लागि भारतीय पूर्वराजदूत श्याम शरणले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम बारे भारतको अंग्रेजी पत्रिका दि ट्रिब्युनमा लेख लेखेका छन् । उनले नेपाल कम्युनिष्ट पार्टीको विभाजन चिनका लागि झट्का भएको बताएका हुन् ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छिले नेकपालाई एकजुट बनाउँन रेफ्रिको भूमिका खेलिरहेको बताएका छन् । उनले भनेका छन्,' चिनले चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय सम्पर्क विभागका उप-मन्त्रीको नेतृत्वमा चार सदस्यीय दलको प्रतिनिधिमण्डल पठाएको र एनसीपीलाई एकतामा राख्नको लागि अन्तिम प्रयास गरिरहेको छ ।'

प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटन खारेज गर्न र नेतृत्व परिवर्तन स्वीकार्न दबाब दिइरहेको उनले बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्न मनाएर गैरविवादास्पद व्यक्तित्वलाई 

प्रधानमन्त्री बनाउन पहल भइरहेको बताएका छन् । ओली यसको प्रतिरोध गर्न बाध्य भएको उनले उल्लेख गरेका छन् । उनले पछिल्लो राजनीतिक घटनालाइ हेरेर दिल्लीले पर्ख र हेरको रणनीतिमा बस्नुपर्ने बताएका छन्।राजनीतिक उथलपुथलले मात्र आर्थिक संकटलाई उकास्न नसक्ने र व्यापक हिंसा निम्त्याउन सक्ने उनको दाबि छ ।

उनले नेपाल कोभिड १९ को महामारीबाट निकै प्रभावित भएको बताउंदै रेमिट्यान्स सुकेको बताएका छन् । उनले भने,'कोरोनाले विदेशमा काम गर्ने प्रवासी जनसंख्याबाट रेमिट्यान्स सुकेको छ ।' पार्टीको आन्तरिक संघर्ष अन्त्य गर्न संसद विघटन गर्नुले बहुदलीय लोकतन्त्रलाई नोक्सान पुर्याएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ