पुस १५,काठमाडौँ । नेपालका लागि चार दिने भ्रमणमा रहेको चिनियाँ टोली बुधबार स्वदेश फिर्ता भएको छ । चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको चार सदस्सीय टोली भ्रमण सकेर बुधबार बिहान स्वदेश फर्किएको हो ।
चिनियाँ टोली भ्रमणका लागि आइतबार नेपाल आएको थियो। उक्त टोलीले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, काँग्रेस सभापति शेरबहादुर देउवा, जसपाका नेता डा. बाबुराम भट्टराईलगायतसँग भेटवार्ता गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ मा संसद विघटन गरेपछि विभाजित नेकपालाई एक हुन् चिनियाँ टोलीले आग्रह गरेको बताइएको छ । नेपालको पछिल्लो राजनीतिक घटनाक्रम बुझ्न र राष्ट्रपति सिको सन्देश लिएर चिनियाँ टोली नेपाल आएको थियो ।