पुस १६, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्री केपी ओलीलाई नभएको बताएका छन् । बिहिबार महिला सांसदहरूको ध्यानाकर्षण पत्र बुझ्दै ओलीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको बताएका हुन् ।
संविधानको रक्षाका लागि कसरी भूमिका खेल्ने भन्नेबारे बृहत् छलफल गरिरहेको उनले बताएका छन् । संविधानले अहिलेको परिस्थितिमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नदिएको उनको भनाइ छ । संविधानको रक्षाका लागि कसरी भूमिका खेल्ने भन्नेबारे बृहत् छलफल भइरहेको उनले बताए ।
प्रधानमन्त्री केपी शेर्मा ओलीले गत ५ पुसमा संसद विघटन गरी आगामी वैशाक १७ र २७ का लागि मध्यावधिक निर्वाचनको घोषणा समेत गरिसकेका छन् । उक्त बिषयमा सर्वोच्च अदालतले सरकारसंग संसद विघटन गर्नुको कारण मागेको छ ।