पुस १७, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' भेट्न नेता वामदेव गौतम खुमलटार पुगेका छन् | शुक्रबार बिहान गौतमले प्रचण्ड निवास खुमलटार पुगेर भेटवार्ता गरेका हुन् |
गौतम र प्रचण्डबीच करिब एक घन्टा छलफल भएको बताइएको छ | संसद विघटनपछि नेकपा दुई भागमा विभाजन भएको छ | बामदेव गौतम भने पार्टी एकता जोगाउन कुनै गुटमा नलाग्ने बताउंदै आएका छन् | उनी यसअघि प्रचण्ड-नेपाल समूहसँग थिए |
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि गौतमले विरोध गर्दै आएका छन् | तर उनले हालसम्म कुन पक्षमा जाने भन्ने स्पष्ट भने पारेका छैनन् | गत ५ पुसमा प्रधानमत्री केपी शर्मा ओलीले संसद विघटन गरेर आगामी बैशाख १७ र २७ का लागि मध्यावधिक निर्वाचनको घोषणा गरिसकेका छन् |