पुस १७, काठमाडौँ | राष्ट्रिय सभाका एक सांसद र पाँच कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ | बिहिबार उनीहरुको स्वाब संकलन गरी कोरोना परिक्षण गरिएको थियो |
शुक्रबार राष्ट्रिय सभाको यसपालिको हिउँदे अधिवेशनको पहिलो बैठक बस्ने भएको छ | सांसद र केही कर्मचारीमा कोरोना संक्रमण देखिए पनि बैठक भने नरोकिने जनाइएको छ |
बैठकका लागि सम्पूर्ण स्वास्थ्य मापदण्डको व्यवस्थामिलाइएको छ |