२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको सङ्घर्ष गरिने

२०७७, १८ पुष शनिबार १२:५१

पुस १८, काठमाडौँ | प्रतिनिधिसभा विघटनविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले दोस्रो चरणको सङ्घर्षको कार्यक्रम घोषणा गरेको छ । नेकपा केन्द्रीय सङ्घर्ष समितिले आज पत्रकार सम्मेलन गरेर आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।

नेकपाले यही पुस २० गतेसम्म पालिकास्तर र २८ गतेसम्म वडास्तरमा पार्टी भेलासम्बन्धी अभिमुखीकरण कार्यक्रम, पुस २५ गतेसम्म प्रदेश जिल्ला, पालिका र वडास्तरमा सङ्घर्ष समिति गठन, पुस २१ गते सङ्घीय राजधानी र विभिन्न शहरी केन्द्रहरूमा राजनीतिक पार्टीसँग अन्तक्र्रिया, पुस २३ गते नागरिक समाजसँग अन्तक्र्रिया, पुस २४ गते जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र र विरोधपत्रको साथमा संविधानको पुस्तक दिनेलगायत कार्यक्रम तय गरेको छ ।

यसैगरी यही पुस २६ गते सडक संविधान वाचन व्याख्या, पुस २७ गते सुदूरपश्चिम, लुम्बिनी र प्रदेश नं १, २८ गते प्रदेश नं २, गण्डकी र कर्णाली तथा पुस २९ गते वाग्मतीमा बृहत् कार्यकर्ता भेला तथा सङ्घर्ष अभिमुखीकरण र देशव्यापी घरघरमा पर्चा वितरण र गाउगाउँ, टोलटोलमा कालोझण्डा गाड्ने र असंवैधानिक एवं प्रतिगामी कदमका विरुद्ध सबै वडाहरुमा व्यानर राखिनेछ । पुस २९ गते निर्वाचन क्षेत्रस्तरीय कार्यकर्ता भेला, ३० गते देशव्यापी सबै वडामा विरोध प्रदर्शन र सभा, आगामी माघ ५ गते सबै पालिकामा विरोध प्रदर्शन र सभा, माघ १० गते राजधानीलगायत सबै शहरी केन्द्रमा मोटरसाइकल र्याली, माघ १६ गते पाँचवटा प्रदेश (प्रदेश नं १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम) मा विरोध प्रदर्शन र सभा, माघ १७ गते प्रदेश नं २ मा विरोध प्रदर्शन र सभा, माघ २२ गते वडा तहमा देशव्यापी मसाल जुलुुस र माघ २३ गते राजधानीमा विरोध प्रदर्शन र सभा गर्ने सङ्घर्ष समितिले जनाएको छ ।

सङ्घर्ष समितिका संयोजक एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधान र लोकतन्त्रको रक्षाका लागि सबै राजनीतिक दलसँग संयुक्त सङ्घर्ष गर्ने तयारी गरेको भए पनि त्यसबारेमा निर्णय भइनसकेकाले नेकपाको तर्फबाट दोस्रो चरणको विरोधका कार्यक्रम सार्वजनिक गरिएको बताउनुभयो । उहाँले प्रतिनिधिसभा पुनःस्थापना नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने पनि जानकारी गराउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा