१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको सङ्घर्ष गरिने

१८ पुष २०७७, शनिबार १२:५१

पुस १८, काठमाडौँ | प्रतिनिधिसभा विघटनविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले दोस्रो चरणको सङ्घर्षको कार्यक्रम घोषणा गरेको छ । नेकपा केन्द्रीय सङ्घर्ष समितिले आज पत्रकार सम्मेलन गरेर आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।

नेकपाले यही पुस २० गतेसम्म पालिकास्तर र २८ गतेसम्म वडास्तरमा पार्टी भेलासम्बन्धी अभिमुखीकरण कार्यक्रम, पुस २५ गतेसम्म प्रदेश जिल्ला, पालिका र वडास्तरमा सङ्घर्ष समिति गठन, पुस २१ गते सङ्घीय राजधानी र विभिन्न शहरी केन्द्रहरूमा राजनीतिक पार्टीसँग अन्तक्र्रिया, पुस २३ गते नागरिक समाजसँग अन्तक्र्रिया, पुस २४ गते जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र र विरोधपत्रको साथमा संविधानको पुस्तक दिनेलगायत कार्यक्रम तय गरेको छ ।

यसैगरी यही पुस २६ गते सडक संविधान वाचन व्याख्या, पुस २७ गते सुदूरपश्चिम, लुम्बिनी र प्रदेश नं १, २८ गते प्रदेश नं २, गण्डकी र कर्णाली तथा पुस २९ गते वाग्मतीमा बृहत् कार्यकर्ता भेला तथा सङ्घर्ष अभिमुखीकरण र देशव्यापी घरघरमा पर्चा वितरण र गाउगाउँ, टोलटोलमा कालोझण्डा गाड्ने र असंवैधानिक एवं प्रतिगामी कदमका विरुद्ध सबै वडाहरुमा व्यानर राखिनेछ । पुस २९ गते निर्वाचन क्षेत्रस्तरीय कार्यकर्ता भेला, ३० गते देशव्यापी सबै वडामा विरोध प्रदर्शन र सभा, आगामी माघ ५ गते सबै पालिकामा विरोध प्रदर्शन र सभा, माघ १० गते राजधानीलगायत सबै शहरी केन्द्रमा मोटरसाइकल र्याली, माघ १६ गते पाँचवटा प्रदेश (प्रदेश नं १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम) मा विरोध प्रदर्शन र सभा, माघ १७ गते प्रदेश नं २ मा विरोध प्रदर्शन र सभा, माघ २२ गते वडा तहमा देशव्यापी मसाल जुलुुस र माघ २३ गते राजधानीमा विरोध प्रदर्शन र सभा गर्ने सङ्घर्ष समितिले जनाएको छ ।

सङ्घर्ष समितिका संयोजक एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधान र लोकतन्त्रको रक्षाका लागि सबै राजनीतिक दलसँग संयुक्त सङ्घर्ष गर्ने तयारी गरेको भए पनि त्यसबारेमा निर्णय भइनसकेकाले नेकपाको तर्फबाट दोस्रो चरणको विरोधका कार्यक्रम सार्वजनिक गरिएको बताउनुभयो । उहाँले प्रतिनिधिसभा पुनःस्थापना नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने पनि जानकारी गराउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ