१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधिसभा विघटनले लोकतन्त्रलाई कमजोर बनाएको बुद्धिजीवीको ठहर

२८ पुष २०७७, मंगलवार ११:३५

पुस २८, काठमाडौँ | विभिन्न बुद्धिजीवी सङ्गठनले मुलुकलाई संविधानवादको लोकतान्त्रिक दिशामा फर्काउन सबैमा आग्रह गरेको छ ।  नेपाल बुद्धिजीवी सङ्गठन, प्रजातान्त्रिक विचार समाज र नेपाल बौद्धिक पेशाकर्मी महासङ्घले आज संयुक्त विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटनविरुद्ध खबरदारी गर्न र सहकार्य गर्न सङ्घीय लोकतान्त्रिक गणतन्त्र पक्षधर सम्पूर्ण बुद्धिजीवीमा अनुरोध गरेको छ । 

लोकतान्त्रिक राज्यमा हरेक समस्याको निकास लोकतान्त्रिक विधि, प्रक्रिया र संविधानप्रदत्त अधिकारको प्रयोगमार्फत गर्नु राज्यका प्रत्येक अङ्ग र पदाधिकारीको संवैधानिक र राजनीतिक जिम्मेवारी रहेको स्मरण गराउँदै उनीहरुले दलभित्रको आन्तरिक समस्यालाई कारण बनाएर जनप्रतिनिधि संस्थालाई खण्डित गर्न नहुनेमा जोड दिएका छन् । 

नेपालको संविधानको धारा ७६ ले निर्वाचनपछि गठन हुने प्रतिनिधिसभाले उपधारा (१) देखि ६) सम्मका विकल्प प्रयोग गरिसक्दा पनि नयाँ सरकार दिन नसकेका परिस्थितिमा मात्र प्रतिनिधिसभा विघटनको परिकल्पना गरेको उल्लेख गर्दै उनीहरुले सरकार बन्ने विकल्पको परीक्षण र प्रयोग नगरी गरिएको प्रतिनिधिसभा विघटनको विरोध गरेका छन् ।  संयुक्त विज्ञप्ति जारी गर्नेमा सङ्गठनका संयोजक डा दिनेशचन्द्र देवकोटा, समाजका अधयक्ष डा केदारनरसिंह केसी र महासङ्घका संयोजक श्रीकृष्ण शर्मा हुनुहुनछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ