२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालको राष्ट्रियता माथि जी न्युजको आपतिजनक रिपोर्ट (भिडियो सहित)

२०७७, २९ पुष बुधबार ०४:५७

पुस २९, काठमाडौँ | भारतीय न्युज च्यानल जी न्युजले नेपालको राष्ट्रियतामाथि नोक्सानी पुर्याउने आपतिजनक रिपोर्ट प्रशारण गरेको छ | सगरमाथामा भारतले दाबि गर्नु पर्ने र नाम पनि फेरी दिनुपर्ने भन्दै आपतिजनक रिपोर्ट प्रशारण गरेको हो |

यसअघि गत सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएर जी न्युजका प्रधान सम्पादक सुधिर चौधरीसँग अन्तर्वार्ता दिएका थिए | तर उनले स्वदेश फिर्ता हुने बितिक्कै सगरमाथाको नाम नै फेर्नुपर्ने र भारतले दाबि गर्नुपर्ने अभियान नै चलाएका छन् |

Image may contain: one or more people, sky, mountain, cloud, outdoor and nature

जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीले सगरमाथा क्षत्रमा पुगेरै भनेका छन्,'भारतले माउन्ट एभरेष्टमाथि आफ्नो दाबी सारा विश्वका अगाडि राख्नुपर्छ |' उनले सगरमाथाको नाम ‘राधानाथ सिकदर’ राख्नुपर्ने बताएका छन् |

सगरमाथाको उचाई पहिलोपटक राधानाथ सिकदरले नापेको भन्दै उनको नामबाटै सगरमाथाको नामकरण गर्नुपर्ने चौधरीको दाबि छ | 

Image may contain: 1 person, mountain, sky, outdoor and nature

चौधरीले नेपालको बारेमा बारम्बार विवादास्पद र आपतिजनक अभिव्यक्ति दिने,रिपोर्ट प्रशारण गर्ने गरेका छन् | तर प्रधानमन्त्री ओलीले केहि समय अघिमात्रै बालुवाटारमा न्यानो स्वागत गरेर तिनै चौधरीसँग अन्तर्वार्ता दिएका थिए |

यसअघि जी न्यूजले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीचको लज्जास्पद र भ्रामक कपोलकल्पित रिपोर्ट प्रशारण गरेको थियो | नेपालमा त्यसको विरोध भएपछि जी न्युजको प्रशारणलाई रोक लगाएको थियो |

Image may contain: sky, outdoor and nature

त्यसपछि उनले नेपाल भारतका न्यूज  एंकरसँगै डराएको बताउंदै सेना अघि सर्नै नपर्ने बताएका थिए | उनले ट्वीटर मार्फत भनेका थिए, ‘नेपालले भारतीय न्यूज च्यानलको प्रसारण बन्द गरेको छ । यो देश त भारतका न्यूज च्यानलका एंकरसँगै डरायो त । सेना त अघि सर्नै परेन ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा