२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकतन्त्र र संविधानको रक्षाका लागि एक होऔँ : वरिष्ठ नेता पौडेल

२०७७, ४ माघ आईतवार ०६:५२

माघ ४, काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको संरक्षणका लागि सबै एक हुनुपर्ने बताएका छन् । कांग्रेस चितवन क्षेत्र नं २ ले प्रजातन्त्रका सेनानी कांग्रेसका पूर्वक्षेत्रीय सभापति भक्तिप्रसाद तिमिल्सिनाको सातौँ पुण्यतिथिका दिन यहाँ आज आयोजित श्रद्धाञ्जलिसभामा उहाँले सबैको एकता र लगनशीलताले मात्र लोकतन्त्र र संविधानको रक्षा गर्न सकिने स्पष्ट पारे । 

 उनले तिमिल्सिनाको निधनले पार्टीलाई एउटा कर्मीमौरीको रिक्तता खड्कन पुगेको बताउँदै उनले जस्ता कार्यकर्ताका कारण कांग्रेसले आजसम्म विभिन्न आन्दोलनको नेतृत्व गर्न सकेको हो उनले भने भन्नुभयो, “राजनीति त्यागको पाटो हो । यो कुरा भक्ति तिमिल्सिनाबाट सिक्नुपर्छ ।” 

सभामा  कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी राजनीतिबाट लाभ गर्न सक्छु भन्दा पनि राजनीतिबाट समाजमा केही गर्न सक्छु भनेर लाग्नु आवश्यक रहेको बताउँदै पार्टीका लागि त्याग गर्न सक्ने व्यक्ति मात्र सच्चा राजनीतिज्ञ हुने विचार राखे । 

 अर्का केन्द्रीय सदस्य धनराज गुरुङले लगनशील र त्यागी नेताकै कारण कांग्रेस जीवन्त रहँदै आएको बताए । पार्टी क्षेत्र नं २ का सभापति भरत लामिछाने, कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, पूर्वपार्टी सभापति कृष्णलाल सापकोटा, रामकृष्ण घिमिरे, शेषनाथ अधिकारी, वडा नं ५ का सभापति विष्णुप्रसाद धिताल, विजय भुसाललगायतले उनको योेगदानबारे  प्रकाशपारेका थिए । 

 विसं २००१ फागुन २५ गते लमजुङको दुराडाडाँमा जन्मनुभएका तिमिल्सिनाको विसं २०७७ पुस २७ गते चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो । उनी तत्कालीन नारायणपुर गाउँ पञ्चायतमा दुई पटक अध्यक्ष र भरतपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष भएका थिए । समाजसेवामा पनि क्रियाशील तिमिल्सिनाले पार्टीका लागि सरकारी जागिर छाडेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा