२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फागुनदेखि किसानलाई परिचय पत्र दिन्छौं: मन्त्री अर्याल

२०७७, ६ माघ मंगलवार ०७:२६

माघ ६, काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानको वर्गीकरण गरेर कृषि कार्यक्रम वितरण गरिने बताएकी छन्। अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) केन्द्रीय समितिका पदाधिकारी तथा जनप्रतिनिधि महिलासँग सोमबार उनले पहिलो चरणमा किसानको वर्गीकरण परिचयपत्र वितरण गर्ने तयारी गरेको जानकारी दिएकी छन्।

‘किसानको वर्गीकरण गरी परिचयपत्र वितरणको काम सम्पन्न गर्छौं, वर्गीकरणका आधारमा कृषि कार्यक्रमलाई व्यवस्थित ढङ्गले अगाडि बढाउँछौँ। आगामी फागुनदेखि यो कार्यक्रम द्रुतरुपले अगाडि बढ्छ,’ उनले भनिन्।

किसानको हकहितका निम्ति स्थापना गरिएको किसान आयोगलाई शक्तिशाली बनाइने उल्लेख गर्दै उनले किसानको हकहितका निम्ति गठन भएको आयोग अहिलेको अवस्थाले मात्र उसको उद्देश्य पूरा गर्न नसक्ने स्पष्ट पारिन्।

मन्त्री अर्यालले कृषि मन्त्रालयमार्फत वितरण गरिँदै आएको अनुदानका कार्यक्रमहरु परिमार्जन गर्ने र कतिपय अनुदानलाई बन्द नै गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै अनुदानका कार्यक्रमहरु जति पनि सञ्चालन भएका छन्, तीमध्ये कतिपयलाई परिमार्जत गर्नुपर्नेछ, कतिपय कार्यक्रम बन्द नै गर्नुपर्ने अवस्था छ किनभने ती कार्यक्रम उचित प्रतिफल दिन सकेनन् भनेकी छन्।

किसानलाई मलको अभाव हुन नदिन मन्त्रालयले काम अगाडि बढाइसकेको र देशभरका स्थानीय तहलाई आफ्नो तहमा वर्षभरि चाहिने मलको माग पठाउन माघ अन्तिमसम्मको समय दिइएको बताउँदै उनले अबका दिनमा मल अभाव नहुने गरी मन्त्रालय अगाडि बढेको बताइन्।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा