२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भीम रावलमाथि ओलीको आलोचना : ‘डा लेखेका छन्, डा केमा लेखेका हुन् थाहा छैन। के विषयको डा हो ?’

२०७७, ८ माघ बिहीबार ११:१४

माघ ८, काठमाडौँ । प्रधानमन्त्री केपि शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रचण्ड-नेपाल समूहका नेता भीम रावलको आलोचना गरेका छन्। उनले नाम उल्लेख नगरिकन भिम रावल तर्फ संकेत गर्दै भर्खर-भर्खर डा. लेख्न थालेकाले भाषण गरेर -'केपी ओलीले महिलाको किड्नी राखेका कारण दिमाग खुस्कियो' भन्दै आलोचना गरे । बिहिबार प्रेस संगठनको भेलालाई सम्बोधन गर्दै ओलीले तथ्यहीन एक समाचारको सन्दर्भ लिँदै भीम रावलको आलोचना गरेका हुन ।

 'भर्खर-भर्खर डा. लेख्न थालेकाले अस्ति भाषण गरे' उनले भने, 'केपी ओलीले महिलाको किड्नी राखेको, त्यसकारण दिमाग खुस्कियो। महिलामाथि कत्रो अपमान।’ ओलीले भीम रावलको पिएडी उपाधीको समेत आलोचना गरेका छन्। 

‘डा लेखेका छन्, डा केमा लेखेका हुन् थाहा छैन। के विषयको डा हो, थाहा छैन। डा लेखेको छ तर केपी ओलीको दिमागले काम गर्दैन। किनभने किड्नीचाहिँ महिलाको राखेको छ रे’ ओलीले भने, ‘महिलाको किड्नीले काम गर्दैन भनेपछि, महिलाको त दिमागले झन्, मैले एउटा किड्नी राख्दा त काम गरेन भने दुइटै किड्नी भएका महिलाको दिमागले त काम गर्ने कुरै भएन। यो खालको, बुद्धिचाहिँ कहाँ छ भने डा लेखेर के गर्ने, कुन डा हो, कुन डा, केको डा हो, केको डा ?'

यसअघि भिम रावलले महिलाको किड्नी हालेकाले केपी ओलीको दिमाग बिग्रिएको भन्दै अभिव्यक्ति दिएको समाचार सार्वजनिक भएका थिए । नेता रावलले उक्त समाचार तथ्यहीन र झुटो भएको भदै आपत्ति जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने