२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई किट्नी फेरेको विश्वमा कुनै प्रधानमन्त्री छैन् :ओली

२०७७, ११ माघ आईतवार ०९:०६

माघ ११, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा दुई मिर्गौला फेरेको कुनैपनि प्रधानमन्त्री नभएको बताएका छन् । आइतबार काठमाडौँमा अपाङ्गता भएका व्यक्तिहरुसँग अन्तर्क्रिया गर्दै उनले यस्तो बताएका हुन् । 

उनले आफू पनि अलि-अलि अपांग भएको बताउंदै दुई मिर्गौला फेरिपनि लोकतन्त्र बिरोधि तत्वहरु भागिरहेको बताएका छन् । उनले भने,'मैले केहि गरेको छैन । दुई किट्नी फेरिपनि लोकतन्त्र बिरोधि तत्वहरु भागि-भागि हिडिरहेका छन् ।'

अपांग होइनौ भन्ने व्यक्तिहरु मानसिक रुपमा ठुलो अपांग भएको बताउंदै उनले थपे 'त्यो अपांग डर लाग्दो छ ।' ओलीले अपाङ्गता भएका व्यक्तिहरुको हेरविचार सरकारले गर्ने बताएका छन् । 'तपाइँहरुको हेरविचार सरकारले गर्छ,तपाईलाई थाहा छ ।' उनले भने 'हाम्रो देश गरिब छ। गरिब भएपनि हाम्रो देश नागरिकका लागि कुनै कसर बाँकी राख्दैन ।' 

कार्यक्रममा बोल्दै ओलीले संसद विघटन संवैधानिक र ताजा जनादेशको लागि भएको पुनः दोहोर्याएका छन् । उनले सरकारको बिरुद्धमा प्रदर्शन गर्ने अराष्ट्रिय तत्व भएको बताउंदै तिनलाई आगामी बैशाखको चुनावले ठेगान लगाउने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने