१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खोप लगाउन आवश्यक सबै नागरिकलाई चरणबद्ध व्यवस्था मिलाइने : राष्ट्रपति

१४ माघ २०७७, बुधबार ०७:४३

माघ १४, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरूद्धको अभियानमा अग्रपङ्क्तिमा रही सेवा प्रदान गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारीलगायत सबैमा आभार व्यक्त गरेकी छन् ।

कोभिड–१९ विरूद्धको खोप शुभारम्भका अवसरमा आज सन्देश दिँदै राष्ट्रपतिलेउनीहरुका लागि सहज वातावरण सिर्जना गर्ने परिवारका सदस्य र समुदायप्रति पनि सम्मान व्यक्त गरेकी छन् । खोपको अनुसन्धान तथा विकास गर्ने वैज्ञानिक र खोप उत्पादक देश तथा संस्थालाई नेपालका तर्फबाट धन्यवाद दिँदै उनले विश्‍वका सबै राष्‍ट्रमा खोपको न्यायोचित वितरण समुचित मूल्यमा हुनुपर्छ भन्ने नेपालको सुस्पष्‍ट मान्यता रहेको जनाइन् । 

विश्‍वमा कोभिड–१९ विरूद्धको खोप लगाउन प्रारम्भ भएको डेढ महिनाभित्रै नेपालले खोप अभियान शुरु  गर्न लागेकामा हर्ष व्यक्त गर्दै राष्ट्रपतिले यसबाट पहिलो चरणमा नै नागरिकलाई खोप उपलब्ध गराउने राष्‍ट्रको सूचीमा नेपाल पनि सामेल हुन सफल भएको जनाएकी छन् । कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण र उपचारमा अग्रपङ्क्तिमा  रहेका स्वास्थ्यकर्मीलगायत उच्च जोखिममा रहेका व्यक्तिलाई प्राथमिकताका आधारमा खोप उपलब्ध गराउने नेपाल सरकारको निर्णयको सराहना गर्दै राष्ट्रपतिले नेपाल सरकारले खोप लगाउन आवश्यक सबै नागरिकलाई चरणबद्ध रूपमा खोपको व्यवस्था मिलाउने विश्वास व्यक्त गरेकी छन्। 

खोप अभियान सफल पार्न जनप्रतिनिधि, समाजसेवी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्‍चारकर्मीलगायत समाजका सबै क्षेत्रको सहभागिता अपरिहार्य रहेको जनाउँदै राष्ट्रपतिले  खोप लगाएपछि पनि मास्कको अनिवार्य प्रयोग गर्न, एकार्काबीचमा कम्तिमा दुई मिटरको दूरी कायम राख्‍न र पटकपटक साबुनपानी वा सेनिटाइजरले हात सफा गरी कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा योगदान पुर्‍याउनका लागि सबैमा आह्वान गरेकी छन् । 

“कोभिड–१९को विश्‍वव्यापी महामारीले मानव सभ्यता र विकासलाई चुनौती दिइरहेको छ। यस महामारीबाट लाखौँ व्यक्तिहरूले ज्यान गुमाउनु परेको छ भने करोडौँ व्यक्तिहरू प्रभावित भएका छन्।यसको प्रभावबाट हाम्रो देश पनि अछुतो रहन सकेन। यो महामारीलाई नियन्त्रण गर्नका लागि भएका वैज्ञानिक प्रयासका कारण प्रभावकारी खोपको विकास भई उत्पादन समेत हुन थालेको छ।यसबाट विश्‍वभरि नयाँ आशा र विश्‍वासको सञ्‍चार भएको छ”, सन्देशमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ