१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलन सर्वसम्मत हो : कांग्रेस

१४ माघ २०७७, बुधबार ०८:५६

माघ १४, काठमाडौँ । नेपाली कांग्रेसले सर्वसम्मत निर्णय र एकमतका साथ पार्टी प्रतिनिधिसभा विघटनविरुद्ध निरन्तर आन्दोलनमा रहेको स्पष्ट पारेको छ ।  सभापति शेरबहादुर देउवाका निर्देशनमा महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गरी सर्वसम्मतरुपमा विघटनपछि कांगे्रसले गत पुस १३ र पुस २५ गते तथा यही माघ ३ र माघ ८ गते सङ्घीय निर्वाचन क्षेत्रदेखि वडा तहसम्म प्रदर्शन सम्पन्न गरेको पार्टी कार्यालयले जनाएको छ ।

 यही माघ १३ गते केन्द्रीय कार्यसमितिको बैठकमा आन्दोलनको अर्को चरणको कार्यक्रम पनि त्यसरी नै सभापति देउवाका निर्देशनमा महामन्त्री खड्काले प्रस्तुत गर्नुभएर बैठकले सर्वसम्मतिले नै पारित गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

 कांग्रेस केन्द्रीय समितिको मङ्गलबारको बैठकले यही माघ १९ गते पार्टीका भ्रातृ संस्थाले र माघ २४ गते शुभेच्छुक संस्थाले ७७ वटै जिल्लामा संयुक्तरुपले विरोध प्रदर्शन र विरोधसभाको आयोजना गर्ने निर्णय गरेको थियो । यसैगरी आगामी फागुन ३ गते कांग्रेसका जिल्ला कार्यसमितिहरुले जिल्ला सदरमुकाममा विरोध प्रदर्शन र सभा आयोजना गर्ने तथा जिल्ला कार्यसमिति एवं भ्रातृ र शुभेच्छुक संस्थाले यी कार्यक्रमलाई असर नपर्ने गरी अन्य थप कार्यक्रमसमेत आयोजना गर्न सक्ने बैठकको निर्णय छ । केही सञ्चारमाध्यममा कांग्रेसभित्र विद्यमान सन्दर्भ र आन्दोलनबारे विवाद रहेकोे भनी भ्रमपूर्ण समाचार प्रकाशन भएकामा कांग्रेसले आज प्रेस नोट प्रकाशन गरी त्यसलाई स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ