२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अराजकता र स्वार्थी प्रवृत्ति किनारा लागे : प्रधानमन्त्री ओली

२०७७, १५ माघ बिहीबार ११:२८

माघ १५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय पार्टी झन् एकताबद्ध भएर अगाडि बढेको बताएका छन् । नेपाल ट्रेड युनिययन महासङ्घ (जिफन्ट)को राष्ट्रिय कार्यकर्ता भेलालाई आज यहाँ सम्बोधन गर्दैउनले पार्टी शुद्धीकरणको अभियान अगाडि बढेको र पार्टीभित्र विकृति, अराजकता र  स्वार्थी प्रवृत्तिको किनारा लागेको बताए । 

“ पार्टी शुद्धीकरणको अभियान चलेको छ, कोही पनि निराश हुनु पर्दैन”, उनले भने, “ आज पार्टीमा जुन एकता देखिएको छ, त्यो कति वर्षदेखि थिएन, आज हाम्रो पार्टी सबैभन्दा बढी एकताबद्ध पार्टी भएको छ । सबैभन्दा अनुशासित पार्टी हाम्रो पाटी हो ।”

उनले नेकपा एक विचार, एक मन, एक उद्देश्य, एक धारणाका साथ समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न एकजुट भएर लागेको बताए । अबको आन्दोलन देशभक्तिपूर्ण र लोकतान्त्रिक हुुनुपर्नेमा जोड दिँदै उनले सामाजिक न्यायसहितको समतामूलक समाज निर्माण गर्न कम्युनिष्ट पार्टी मजबुत हुनुपर्ने बताए ।  “सही विचार बोकेको र एकताबद्ध  कम्युनिष्ट पार्टीले मात्र आन्दोलनलाई गति साथ हाँक्न सक्छ”, उनले भने, “हामीलाई अनुशासित र गतिशील पार्टी चाहिएको छ, आज हाम्रो पार्टी त्यस्तै बनेको छ, आज हामी विचारमा कुनै अलमलमा छैनौँ ।” सरकार सुखी नेपाली समृद्ध नेपालीको नारा बोकेर अघि बढेको र त्यसबाट किञ्चित पछि नपर्ने दृढता व्यक्त गरे । 

आफूले बारम्बार योग्यता र क्षमता भएका व्यक्तिलाई कामको जिम्मेवारी दिन खोज्दा भाग खोजेर हैरान पारेको गुनासो उनले गरे । सरकारले गरेको जनपक्षीय कामलाई गुमराहमा राखेर केही सञ्चारमाध्यममले सरकारको कामको खोइरो मात्र खनेको आरोप लगाउँदै उहाँले वामपन्थी सरकार ढाल्ने अभियानमा पार्टीभित्रैका केही व्यक्ति लागेको बताए । 

नेपालको परिवर्तनमा मजदूर आन्दोलनको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले सम्पूर्ण श्रमिकलाई एकताबद्ध बनाएर लैजान आग्रह गरे । मजुदूर आन्दोलनलाई विभाजित गर्ने प्रयास भइरहेका तर्फ सचेत हुन आग्रह गर्दै उनले विभाजित व्यक्तिलाई पनि एकताबद्ध बनाएर लैजान सुझाव दिए । “बाटो विराएका मजदूर साथीलाई यस बाटोमा समाहित गर्नुपर्छ”, उनले भने, “नेपालमा एकताबद्ध मजदूर आन्दोलन निर्माण गरिनुपर्छ ।” करार र दैनिक ज्यालादारीमा रहेका ३० हजार सरकारी कर्मचारीलाई सामाजिक सुरक्षाको दायरामा ल्याइएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले अब नेपालमा कोही पनि भोकै नमर्ने रनपर्ने जिकिर गरे । बेसहाराको अभिभावकत्व सरकारले लिने बताउँदै उनले बालबालिका तथा ज्येष्ठ नागरिकको प्रबन्ध पनि सरकारले गर्ने उल्लेख गरे । 

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले सरकारले मजदूरका पक्षमा विभिन्न कदम चालेको बबताए । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार तथा जिफन्टका पूर्वअध्यक्ष विष्णुप्रसाद रिमालले पार्टीकै शीर्ष नेताले जहिले पनि सरकारका कामको विरोध गर्दै आएको आरोप लगाए । “उनीहरुले कहिल्यै सरकारको कामलाई जनतासमक्ष लैजाने काम गर्नुभएन, प्रतिपक्षीभन्दा पनि चर्कोरुपमा सरकारको आलोचना गर्नुभयो”, उनले भने । जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले मुलुकमा फेरि पनि श्रमिकपक्षीय सरकार निर्माण गर्न आगामी वैशाखमा हुने निर्वाचनमा सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिए  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा