१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माघ १८ अघि छलफलमा सहभागी हुन नसक्ने आयोगलाई प्रचण्ड-माधव समूहको जवाफ

१६ माघ २०७७, शुक्रबार ०७:२९

माघ १६, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीं प्रचण्ड-माधव नेपाल समूहले माघ १८ अघि छलफलमा सहभागी हुन नसक्ने बताउंदै निर्वाचन आयोगलाई समय थप गर्न माग गरेका छन् । शुक्रबार आयोगमा पत्र बुझाउँदै प्रचण्ड-नेपाल समूहले माघ १८ पछि उपयुक्त समयमा छलफलको आयोजना गर्न माग गरेको हो ।

आयोगले बिहीबार निर्वाचन प्रयोजनका लागि दल दर्ता र निर्वाचन तयारीका लागि भएका कामबारे छलफल गर्न नेकपाका दुवै पक्षलाई आयोगमा बोलाएको थियो । आयोगले नेकपाका दुवै पक्ष अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गरेर पाँचपाँच जना प्रतिनिधि पठाउन आग्रह गरेको थियो ।

आयोगको उक्त पत्रपछि प्रचण्ड–माधव पक्षका नेताहरु आयोग पुगेर अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल राजनीतिक कार्यक्रमका लागि उपत्यका बाहिर भएको र उनीहरु आफै आयोगमा आउन चाहेकाले तोकिएको समयमा उपस्थित हुन् नसक्ने बताएका हुन् ।

‘पार्टी अध्यक्ष माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड दुवै अध्यक्ष माघ १८ गतेसम्म उपत्यका बाहिरका राजनीतिक कार्यक्रममा व्यस्त रहनुभइ प्रतिनिधि मनोनयन गर्ने अवस्था नभएको र उक्त छलफलमा अध्यक्ष स्वयम् उपस्थित भइ छलफल गर्न चाहानुभएको हुँदा सो का लागि आज तोकिएको समयमा उपस्थित हुन सम्भव हुन नसकेको व्यहोरा अवगत गराउन चाहान्छुु,’ केन्द्रीय कार्यलयका कार्यालय सचिव श्रीराम ढकालले हस्ताक्षर गरेको पत्रमा भनिएको छ ।

संसद विघटन पछि राजनीतिक रुपले नेकपा दुई भागमा विभाजन भएको छ । गत पुस ५ पछि प्रचण्ड- नेपाल पक्ष र ओली पक्षले छुट्टाछुट्टै बैठक बसालेर गरेका निर्णयलाइ आयोगले मान्यता नदिएपछि दुवै पक्षलाई छलफलका लागि बोलाएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ