माघ २१, काठमाडौँ । नेपालको भू-भाग लिम्पियाधुरा,कालापानी समेटिएको नक्सा पाठ्यक्रममा समावेश गरिएको छ । कक्षा ११ र ८ को पाठ्यक्रममा उक्त भूभाग समेटिएको नक्सा समावेश गरिएको हो ।
बुधबार प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले लिम्पियाधुरा-कालापानी सहितको नेपालको नाक्सा कक्षा-११ र ८ को पाठ्यक्रममा समावेश गरिएको जानकारी दिए ।
'लिम्पियाधुरा-कालापानीसहितको भूभाग समेटिएको नेपालको नक्सा कक्षा-११ को र कक्षा-८ को पाठ्यक्रममा समावेश भयो।'उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।