माघ २१,काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई अदालतको अवहेलना मुद्दामा ७ दिनभित्र लिखित जवाफ पेस गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
बुधबार न्यायाधिश मनोजकुमार शर्माको एकल इजलासले लिखित जवाफ सहित आफै उपस्थित हुन् आदेश दिएको हो । प्रचण्डविरुद्ध अधिवक्ता समिर हायुले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा रिट दाएर गरेका थिए ।
शुक्रबार प्रचण्डले विराटनगरको एक कार्यक्रमा बोल्दै प्रतिनिधिसभा अदालतले पुनःस्थापना नगरे सभामुखमार्फत बैठक बोलाएर केपी ओलीलाई कारबाही गर्ने बताएका थिए ।