१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्ड–माधव समूहको आमहड्तालको क्रममा बिहानै ७१ जना पक्राउ

२२ माघ २०७७, बिहीबार ०२:४०

माघ २२, काठमाडौं | काठमाडौं उपत्यकामा बन्द गराउने क्रममा प्रहरीले प्रचण्ड-नेपाल समुहका ७१ जनालाई पक्राउ गरेको छ । काठमाडौं र भक्तपुरबाट बिहान मात्र ७१ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा काठमाडौंबाट ७० जना र भक्तपुरबाट १ जना रहेका छन् । बिहीबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समुहले आम हड्ताल घोषणा गरेको छ । 

काठमाडौँबाट पक्राउ पर्नेहरुमा कलंकीबाट अष्टलक्ष्मी शाक्यसहित प्रचण्ड–माधव पक्षका ८ जना कार्यकर्ता पक्राउ परेका छन् । 

नेकपा आम हड्तालको क्रममा शान्तिबाटीकामा नेकपाका नेता नारायणकाजी श्रेष्ठको नेतृत्व रहेको छ भने सातदोबाटोमा देव गुरुङको नेतृत्व रहेको छ । त्यस्तै गोंगबुमा हिमाल शर्माको नेतृत्वमा प्रदर्शन गरिएको छ ।

आमहड्तालमा प्रहरी प्रशासनले राजधानीमा सुरक्षा व्यवस्था कडा बनाएको छ । गृहमन्त्रालयले बुधबार नै विज्ञप्ति जारी गर्दै निर्वाधरुपमा यातायात–व्यवसाय सञ्चालन गर्न आग्रह गरेको थियो । तर हड्ताल आक्रामक देखिएपछि उपत्यकामा स्कुलहरु समेत संचालन नहुने देखिएको छ । कतिपय स्कुलहरुले बन्दको सुचना पठाइसकेका छन् ।

प्रचण्ड नेपाल समुहको बन्दको क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवाहरुमा अवरोध नगर्ने जनाइएको छ । त्यस्तै विद्यार्थीहरुले प्रवेशपत्र देखाएर परीक्षा दिन जान पाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ