२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा १६२ मतदान केन्द्र र १३३ मतदानस्थल

२०७७, २२ माघ बिहीबार १०:२३

माघ २२, बझाङ । जिल्ला निर्वाचन कार्यालय बझाङले जिल्लाभरि १६२ मतदान केन्द्र र १३३ मतदानस्थल छनोट गरी निर्वाचन आयोगमा पठाएको छ । त्यस्तै निर्वाचन कार्यालय बझाङले मतदाता परिचयपत्र अद्यावधिक गर्नतर्फ लागेको छ ।

कार्यालयले जिल्लाका १२ स्थानीय तहमा गएर बसाइँसराइ गरेका व्यक्तिबाहेकका मतदाता नामावलीमा नाम, ठेगानालगायतका कुरामा त्रुटि सच्याउन, दोहोरो नाम हटाउन निवेदन दिन तथा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन माघ ११ गतेदेखि निर्वाचन कार्यालय बझाङको टोली स्थानीय तहमा खटिएको छ । मतदानस्थलमा अद्यावधिक कार्यक्रम सञ्चालन गर्न गाउँपालिका तथा नगरपालिकाका वडा सचिवलाई छनोट गरी जिल्लाका सबै स्थानीय तहमा मतदाता अद्यावधिक कार्यक्रम सञ्चालन भइरहेको निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर प्रेम बोहोराले बताउनुभयो ।

जिल्लामा १६२ मतदान केन्द्र र १२५ मतदानस्थल रहेपनि हाल बुङ्गल नगरपालिकामा चार, छविस पाथिभेरा गाउँपालिकामा एक, मष्टा गाउँपालिकामा एक, सुर्मा गाउँपालिकामा एक र वित्थडचिर गाउँपालिकामा एक गरी जम्मा आठ मतदानस्थल थपिएको निर्वाचन कार्यालयका अधिकृत करुणाकर पन्तले बताउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा