२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजसंस्था नै प्रजातन्त्र र राष्ट्रिय स्वतन्त्रताको संरक्षक हुनसक्छ : कमल थापा

२०७७, २३ माघ शुक्रबार ०५:०६

माघ २३, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था नै प्रजातन्त्र र राष्ट्रिय स्वतन्त्रताको संरक्षक हुनसक्ने टिप्पणी गरेका छन् । अध्यक्ष थापाले सामाजिक सञ्जालमा भनेका छन्  "राजा हटाएपछि लोकतन्त्रलाई कसैले चुनौती दिनसक्दैन भन्नेहरू अहिले लोकतन्त्रको हत्या भयो भन्दै सडक संघर्षमा उत्रिएका छन् । 

राजसंस्था प्रजातन्त्रको वाधक होइन । संविधानको परिधिभित्र राख्ने हो भने नेपालको भूराजनीतिक अवस्थामा राजसंस्था नै प्रजातन्त्र र राष्ट्रिय स्वतन्त्रताको संरक्षक हुनसक्छ। अहिले नेपालको राजनीति रेफ्री विनाको खेल जस्तो छ । 

जसको शक्ति उसको भक्ति कायम छ । एकले अर्कोलाई समाप्तपार्ने प्रतिस्पर्धा चलेको छ । बढदै जाँदा राजनीतिक दल र  नेताहरूको नियन्त्रणबाट परिस्थिति बाहिर जान्छ। त्यो रिक्त अवस्थामा गैरराजनीतिक शक्ति र बिदेशीको हातमा देशको बागडोर जाने खतरा हुन्छ ।

परिस्थिति विगार्न देशीबिदेशी शक्तिहरू क्रियाशील छन् । एकले अर्कोलाई गलत प्रमाणितगर्ने होडमा कोहीपनि अन्धो र मतिभ्रम नबनौं । केपी ओलीको गल्ती सच्याउन अर्को खतरनाक गल्ती नगरौँ। यो धरातलीय यथार्थ बुझेर र विगतका कमजोरी हटाएर सबै नेपाली अटाउने राजनीतिक प्रणाली निर्माण गर्ने प्रयास गरौँ।"

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह