१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानमारमा भएको सैनिक ‘कू’ को मानव अधिकारद्वारा निन्दा

२३ माघ २०७७, शुक्रबार ०५:३९

माघ २३, काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले म्यान्मारमा भएको सैन्य 'कू' को निन्दा गरेको छ ।  २१ गते पोखरामा सम्पन्न शान्ति समाजको केन्द्रीय कार्यसमिति बैठकले राजनीतिज्ञहरुको विना शर्त रिहाईको माग गर्दै बर्मामा सैनिक शासनको शिघ्र समाप्ति र लोकतन्त्र बहालीका लागि समेत आग्रह गरेको हो ।

बैठकले कोभिड १९ कहरका कारण झण्डै १ बर्ष जनजीवन त्रस्त र अस्तव्यस्त भएतापनि अन्ततः खोपको विकास र आविष्कारले जनजीवन अझ सहज हुँदै जाने विश्वाससहित कोभिड १९ का कारण जीवन गुमाउन पुगेका सबैप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

नेपालमा असंवैधानिक तवरमा भएको प्रतिनिधिसभा विघटनलाई शान्ति समाजले अलोकतान्त्रिक एवं स्वेच्छाचारी भन्दै प्रतिनिधिसभाको विघटन प्रतिगमनकै कडी भएको हुँदा सो को विरोधमा शान्ति समाज जिल्ला शाखाहरुको आयोजनामा २०  जिल्लामा गोष्ठीहरु सम्पन्न भइसकेका छन् ।  

“असंवैधानिक तवरमा  प्रतिनिधिसभा विघटन  लोकतन्त्रमाथि प्रहार” भन्ने मूल नारासहित शान्ति समाजको २३ औ राष्ट्रिय परिषद् बैठक २०७७ फागुन २१ र २२ मा कास्की शाखाको आतिथेयमा पोखरामा आयोजना हुन गइरहेको सन्दर्भमा कास्की शाखा सभापति अमृत सुवर्णकारको संयोजकत्वमा मूल तयारी समिति र विभिन्न १३ वटा उपसमितिहरु गठन भइसकेको छ । समाजका केन्द्रीय सभापति उत्तम पुडासैनीको सभापतित्वमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, संस्थापक महासचिव सुवास ढकाल, संस्थापक सदस्य कृष्ण कँडेल, केन्द्रीय कार्यसमितिका सदस्यहरु र कास्की शाखाका पदाधिकारीहरुसहित ४० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ