२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानमारमा भएको सैनिक ‘कू’ को मानव अधिकारद्वारा निन्दा

२०७७, २३ माघ शुक्रबार ०५:३९

माघ २३, काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले म्यान्मारमा भएको सैन्य 'कू' को निन्दा गरेको छ ।  २१ गते पोखरामा सम्पन्न शान्ति समाजको केन्द्रीय कार्यसमिति बैठकले राजनीतिज्ञहरुको विना शर्त रिहाईको माग गर्दै बर्मामा सैनिक शासनको शिघ्र समाप्ति र लोकतन्त्र बहालीका लागि समेत आग्रह गरेको हो ।

बैठकले कोभिड १९ कहरका कारण झण्डै १ बर्ष जनजीवन त्रस्त र अस्तव्यस्त भएतापनि अन्ततः खोपको विकास र आविष्कारले जनजीवन अझ सहज हुँदै जाने विश्वाससहित कोभिड १९ का कारण जीवन गुमाउन पुगेका सबैप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

नेपालमा असंवैधानिक तवरमा भएको प्रतिनिधिसभा विघटनलाई शान्ति समाजले अलोकतान्त्रिक एवं स्वेच्छाचारी भन्दै प्रतिनिधिसभाको विघटन प्रतिगमनकै कडी भएको हुँदा सो को विरोधमा शान्ति समाज जिल्ला शाखाहरुको आयोजनामा २०  जिल्लामा गोष्ठीहरु सम्पन्न भइसकेका छन् ।  

“असंवैधानिक तवरमा  प्रतिनिधिसभा विघटन  लोकतन्त्रमाथि प्रहार” भन्ने मूल नारासहित शान्ति समाजको २३ औ राष्ट्रिय परिषद् बैठक २०७७ फागुन २१ र २२ मा कास्की शाखाको आतिथेयमा पोखरामा आयोजना हुन गइरहेको सन्दर्भमा कास्की शाखा सभापति अमृत सुवर्णकारको संयोजकत्वमा मूल तयारी समिति र विभिन्न १३ वटा उपसमितिहरु गठन भइसकेको छ । समाजका केन्द्रीय सभापति उत्तम पुडासैनीको सभापतित्वमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, संस्थापक महासचिव सुवास ढकाल, संस्थापक सदस्य कृष्ण कँडेल, केन्द्रीय कार्यसमितिका सदस्यहरु र कास्की शाखाका पदाधिकारीहरुसहित ४० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा