माघ २३, काठमाडौं । सरकारले शुक्रबार बेपत्ता परिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेश्रो संशोधन) अध्यादेश, २०७७ ल्याएको छ ।
यसअघि संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएर आलोचना झेल्दै आएको छ । 'नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७' जारी गरेकी हुन् ।