१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संवैधानिक आयोगका नियुक्तिविरुद्ध रिट निवेदन

२३ माघ २०७७, शुक्रबार १५:१३

माघ २३, काठमाडौँ | संवैधानिक आयोगमा गरिएका नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।  सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संवैधानिक परिषद्को सचिवालयगायतलाई विपक्षी बनाइ आज दायर गर्नुभएको रिट निवेदनमा संवैधानिक आयोगका पदाधिकारीको नियुक्ति, सपथ तथा पदभार ग्रहणसमेतका सम्पूर्ण निर्णय र कार्य उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ । 

रिट निवेदनमा गैह्रसंवैधानिक र गैह्रकानूनीरुपमा नियुक्ति भएको उल्लेख गर्दै यस्ता पदाधिकारीबाट हुने निर्णय तथा कार्यले मुलुक, जनता र राष्ट्रकै हकअधिकारमा प्रतिकूल असरसमेत पर्ने भएकोले निर्णयको कार्य नगर्नु/नगराउनु तथा यथास्थितिमै रहनु भनी अन्तरिम आदेशको माग गरिएको छ । 

सर्वोच्चको लिखित जवाफ माग

संवैधानिक आयोगमा भएको नियुक्तिको सोही प्रकृतिको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले आज संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिबारे कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको हो । 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गर्नुभएको रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइमा अदालतले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालय र संवैधानिक परिषद्सँग लिखित जवाफ माग गरेको छ । 

प्रतिनिधिसभामा सुनुवाइ हुनुपर्ने संविधानको व्यवस्थाविपरीत संवैधानिक आयोगमा ३४ पदाधिकारीलाई नियुक्ति गरेको र सपथ ग्रहण गरिएको विरुद्ध रिट निवेदन दायर भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ