१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

नेपाली कांग्रेस ज्वालामुखी ५ खरी-काठमाडौं सम्पर्क समिती गठन

२४ माघ २०७७, शनिबार १५:१८

माघ २४, काठमाडौँ | नेपाली कांग्रेस ज्वालामुखी ५ खरी-काठमाडौं सम्पर्क समिती गठन भएको छ । सनिबार काठमाडौँ ढुंगेधारा स्थित माउन्ट धौलागिरी पार्टी भेन्युमा आयोजना भएको सम्पर्क समितीको दोश्रो भेलाले उमेश अधिकारीको नेतृत्वमा १२ सदस्यीय समिति गठन भएको हो । 

अध्यक्ष पदमा निर्वाचित अधिकारी यसअघिको कार्यसमितिका सचिव हुन् । समितिको उपाध्यक्षमा दिनेश काप्री, सचिवमा विनोद गुरुङ, सहसचिवमा मिनबहादुर खड्का र कोषाध्यक्षमा शंकर काप्री चयन भएका छन् । त्यस्तै समितिको सदस्यहरुमा रामप्रसाद काप्री, रेशम आले मगर, उत्तम अधिकारी, सुरज अधिकारी, राजन थापा, प्रविन राना मगर र सुदिप काप्री रहेका छन् ।


खरी साविक धादिङ जिल्लाको एक गाविस हो । हाल ज्वालामुखी गाउँपालिका वार्ड नम्वर ५ अन्तर्गत पर्ने खरी पालिकाकै सबैभन्दा ठूलो वडा पनि हो । खरीबाट काठमाडौं आएर बसोबास तथा पेशा व्यवसाय गर्नेहरुलाई लक्षित गरि २०७४ सालमा नेपाली कांग्रेस ज्वालामुखी खरी-काठमाडौँ सम्पर्क समिति गठन गरिएको र दोश्रो भेला सम्पन्न भएको कार्यक्रमका सभापति शिवराम भण्डारीले बताए । 

कार्यक्रममा नेपाली कांग्रेस धादिङ जिल्लाका सभापति रमेश धमलाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै जिल्ला सभापति धमलाले कांग्रेसलाई थप बलियो र व्यवस्थित बनाउन तीन तहमा पार्टी समिति गठन गर्न आवश्यक रहेको औंल्याए । उनले फागुन ३ गते देशभर कांग्रेसले आमसभाको कार्यक्रम गर्ने जानकारी दिदै गाउँ-गाउँबाट उपस्थितिको लागि समेत अपिल गरे । उनले वर्तमान राजनीतिक अवस्थालाई इंगित गर्दै नेपाली कांग्रेस प्रतिनिधि सभा बिघटनको बिरोधमा रहेको र वर्तमान सरकारले निर्वाचन गराउन नसक्ने दावी गरे । खरी-काठमाडौँ सम्पर्क समितिको पहिलो कार्यसमितिले गरेको कार्यसम्पादनको प्रसंशा गर्दै नेता धमलाले नयाँ कार्यसमितिलाई अझै राम्रो कामको लागि शुभकामना व्यक्त गरे ।

कार्यक्रममा खरीका अधिकांश स्थानीय कांग्रेस नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्थानीय नेताहरुले नयाँ कार्यसमितिलाई शुभकामना दिंदै आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा खरीका बिभिन्न व्यक्तिहरुलाई जिल्ला सभापति धमलाले खादा लगाएर सम्मान समेत गरेका थिए । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ