२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टुँडिखेलमा मानव साङ्लो (तस्विर सहित)

२०७७, ६ फाल्गुन बिहीबार १५:२२

फागुन ६, काठमाडौँ | पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा विघटनको विरोधमा आज राजधानीमा मानव साङ्लोसहित प्रदर्शन गरेको छ । 

असंवैधानिक कदम, बढ्दो महँगी र भ्रष्टाचारको विरोधमा नेकपाका नेता कार्यकर्ताले मावन साङ्लो बनाएर टुँडिखेललाई घेरेका थिए । मानव साङ्लोमा सहभागीले प्रतिनिधिसभा विघटनको विरोध गर्दै जनजीविका विषय सम्बोध गर्न माग गरेका थिए । 


उनीहरुले किसानका माग सम्बोधन गर्न, महिला हिंसालगायतका घटनामा संलग्नलाई कारवाही गर्न, बढ्दो महँगीका आधारमा तलबभत्ता वृद्धि गर्न, कोरोनाका कारण श्रम कटौतीमा परेका तथा रोजगारी गुमाएका श्रमिकलाई आर्थिक राहतको तत्काल व्यवस्था गर्न माग गरेका थिए । मानव साङ्लोमा केन्द्रीय सङ्घर्ष समितिका सहसंयोजक योगेश भट्टराईसहित विभिन्न जनवर्गीय सङ्गठनका नेता कार्यकर्ताको सहभागिता थियो । सहभागीले सूर्यचिह्न अङ्कित झण्डा, प्लेकार्ड र व्यानर प्रदर्शन गरेका थिए । 

नेकपाले यही फागुन २ गते प्रतिनिधिसभा विघटनको विरुद्धमा तेस्रो चरणको आन्दोलनको घोषणा गरेको थियो । त्यसअघि नेकपाले राजधानीलगायत देशमा ठूला शहरमा विशाल जनप्रदर्शन गरेको थियो । सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै नेकपाको एकपक्ष सडक आन्दोलनमा रहेको छ । 

माथिको तश्वीरमा: प्रतिनिधिसभाको विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी दाहाल–नेपाल समूहले बिहीबार मानव साङ्लो गरी घेरिएको टुँडिखेल । सहभागीले विभिन्न प्लेकार्ड, झण्डा बोकेर सडक छेउ उभिएर एक घण्टासम्म प्रदर्शन गरेका थिए । तस्वीरः रत्न श्रेष्ठ, रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह