१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद् विघटनबारे न्यायालयको फैसला स्वीकार गर्छौंः पुन

८ फाल्गुन २०७७, शनिबार १५:१७

फागुन ८, संखुवासभा | नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले संसद विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसला आफूहरुले स्वीकार गर्ने बताउनुभएको छ । 

जननिर्वाचित संसद विघटनको विरोधमा नेकपाले शनिबार खाँदबारीमा गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले फैसला स्वीकार गर्ने बताउनुभएको हो । पुनले प्रधानमन्त्री केपी ओलीले संविधानमा उल्लेख नभएको अधिकार प्रयोग गरी असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै उहाँले अदालतले संसद पुर्नस्थापना गर्ने विश्वास व्यक्त गर्नुभयो  । ‘न्यायालयले संविधानको अक्षर, भावना र मर्म तथा संविधानसभाको विधायकी मनसायअनुसार फैसला गर्नेछ भन्ने हाम्रो विश्वास छ’, पुनले भन्नुभयो, ‘न्यायालयले गर्ने फैसला हामी स्वीकार गर्छौं ।’ फरक प्रसंगमा पुनले जनयुद्धका घाइते, अपांग र शहीद परिवारको भावनामा नलेख्न सरकारलाई चेतावनी दिनुभयो ।

ओली सरकारमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री रहेका पुनले गृहमन्त्री रामबहादुर थापा बादललाई तीन वर्षसम्म घच्घच्याए पनि सिन्को नभाँचेको टिप्पणी गर्नुभयो । ‘तीन वर्षमा घाइते, अपांग, सहीद परिवारलाई राहत घोषणा गर्न पटकपटक भनेको थिएँ’, उहाँले भन्नुभयो, ‘त्यतिबेला सिन्को भाँच्नुभएन, अहिले भावनामा खेल्ने प्रयास गरिरहनुभएको छ ।’ पुनले आफूहरुको ध्यान ओलीको जस्तो व्यक्तिवादी ‘बा’ पार्टी निर्माणमा नभई विचार, विधि  र पद्धति आधारित पार्टी बनाउँने अभियानमा रहेको उल्लेख गर्नुभयो ।

पुनले आफूले जनयुद्धका क्रममा पूर्वका संखुवासभासहित धेरै जिल्लामा काम गरेको स्मरण गर्दै त्यहाँका जनतासँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताउनुभयो । संखुवासभा जलविद्युतको प्रचुर सम्भावना रहेको जिल्ला भन्दै उहाँले अरुण तेश्रो, माथिल्लो अरुण, अरुण चौथो, किमाथाङ्काजस्ता जलद्यिुत आयोजना निर्माण भइरहेको उल्लेख गर्दै ती आयोजनाले जिल्लाको समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । यस्तै उत्तर–दक्षिण कोशी लोकमार्ग संखुवासभाको समृद्धिको अर्को अधार भएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ