१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्ड-नेपाललाई जसपाको प्रश्न : तपाईहरुको पार्टी कुन हो ?

१३ फाल्गुन २०७७, बिहीबार १०:३२

सुनिल कुँवर । फागुन १३, काठमाडौँ । सरकारको संसद विघटन गर्ने निर्णय सर्वोच्च अदालतले बदर गरेसंगै संसद पुनर्स्थापना हुने भएपछि पछिल्लो राजनीतिक घटनाक्रमबारे नेकपा प्रचण्ड-नेपाल समूहले बिहिबार छलफल गरेको छ ।

पूर्व माओवादी पार्टी कार्यालय पेरिस डाँडामा पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल समूह र जनता जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबिच पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल भएको हो । छलफलमा जसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठ सहभागी भएका हुन् । छलफलमा प्रचण्ड-नेपालले आगामी दिनमा सहकार्य गरेर अगाडी बढ्न प्रस्ताव गरेको जसपाका नेता राजेन्द्र महतोले बताए । 


जसपाका नेताहरुले छलफलमा प्रचण्ड-नेपाल समूहको पार्टी कुन हो प्रष्ट पार्न आग्रह गरेको बताए । उनले भने,'हामीले के जिज्ञासा राख्यौ भने, तपाईको कुन पार्टी हो ? पार्टी सिस्टममा पार्टी त पार्टी चाहियो नि त्, त्यो के हो ?  यो त बडा अलमलमा परियो, त्यो प्रष्ट हुनुस ।'

प्रचण्ड-नेपालले राखेका सबै कुराहरु पार्टीको बैठकमा राख्ने उनले बताए । उनले आफूहरुले पटक-पटक धोका खाएको बताउँदै संविधान जारी गर्दा पनि गोलीबारी गरेर जारी गरिएको बताए । अहिलेपनि  

निर्वाचित संसदहरु रेशम चौधरी लगायत बन्दी जीवन बिताइराखेकाले संघर्ष गर्ने उनले बताएका छन् ।

'त्यसै पनि हामीले पटक-पटक ढोका खाएका हौ,संविधान जारी गर्दा पनि गोलीबारी गरेर संविधान जारी गरिएको थियो । र जतिपनि सम्झौताहरु भएको थियो त्यतिबेला भएका कांग्रेस,एमाले माओवादीले गरेका सम्झौताहरुलाई ताकमा राखेर मधेसी आदिवासी,जनजातिहरुको सवाललाई इन्कार गरिएको थियो ।' 

उनले भने,अन्तरिम संविधानबाट पनि पछि हटेर संविधान निर्माण गरिएको थियो,एक ढंगको प्रतिगमन नै थियो । त्यसैले आगामी दिनहरुमा पनि त्यो सम्झिने कुरा हो, हाम्रा आन्दोलनकारी साथीहरु निर्वाचित संसदहरु रेशम चौधरी लगायतका साथीहरु अहिलेपनि बन्दी जीवन बिताई राखेका छन यी सवालहरुलाई आगामी दिनमा प्राथमिकका साथ् उठाउने र संघर्ष गर्ने छौं ।'

संविधानमा रहेका कमि कमजोरीहरु र बन्दि रिहाइका सवालहरुका लागि आगामी दिनमा संघर्ष गर्ने उनले बताए । गत ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले प्रतिनिधि सभा बिघटन गरेर आगामी बैशाख १७ र २७  मा मध्यावधि निर्वाचनको मिति तोकेकी थिइन् । 

सरकारको उक्त निर्णय बिरुद्ध सर्वोच्च अदालतमा एक दर्जन रिट बढी रित दाएर गरिएका थिए । सो रिटको फैसला सुनाउंदै मंगलबार सर्वोच्च अदालतको संवैधानिक इजलासले १३ दिनभित्र संसद अधिवेशन आह्वान गर्न आदेश दिएको थियो । 

सर्वोच्च अदालतको उक्त आदेशसंगै प्रचण्ड-नेपाल समूहले आगामी सत्ता समीकरण गर्न राजनीतिक भेटघाट तिब्र पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ