१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर व्यवसायी बल बहादुर तामाङले त्यागे एमालेको संगठित सदस्यता

२९ फाल्गुन २०७७, शनिबार १२:३४

फाल्गुन २९, काठमाडौं । नेकप(एमाले) निकट उद्योगी व्यवसायीहरुको संगठन नेपाल उद्योग ब्यवसायी महासंघका सचिव बल बहादुर तामाङले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित संगठित सदस्यता समेत त्यागेको घोषणा गरेका छन् । 

पार्टीले नीति सिद्धान्त बिर्सेको भन्दै उनले फेसबुकमा लामो स्टाटस लेखेर एमालेका सम्पूर्ण जिम्मेवारी र संगठित सदस्यता समेत त्यागेको घोषणा गरेका हुन् । उनले एमाले निकट व्यवसायीहरुको उम्मेदवार बनेर वैदेशिक रोजगार व्यवसायी महासंघको अध्यक्ष समेत निर्वाचित भएका थिए ।

ताप्लेजुङका तामाङले पार्टी सदस्यता त्याग्दै लेखेको स्टाटस यस्तो छ ।

राजनीति भनेको समाज परिवर्तनको अश्त्र सम्झेर बीसं २०४३ बाट कम्युनिस्ट पार्टीमा लागियो,सुर्य चिन्नमा भोट लगाउन आमा बुबा,तथा छिमेकीलाई अनुरोध गरियो।बिद्यालय स्तरमा जनसांस्कृतिक कार्यक्रम तथा सबै बिद्यार्थीलाई अनेरास्ववियुको झन्डामा गोलबन्द हुन अह्वान गरियो ,नेकपा एमाले पार्टीको उद्योग तथा बाणिज्य केन्द्रीय बिभागमा बसेर काम गरियो ।नेकपा एमालेको सरकारले घोषणापत्र बमोजिम काम गर्नेछ,सडक,रेलमार्ग बिमानस्थल ,बिधुत,स्वास्थमा आमूल परिवर्तन गर्नेछ, रोजगारको पुरा ग्यारेन्टी गर्नेछ त्यसपछि हामी नेपाली सुखी हुनेछौं भनेर आम मानिसहरुसंग भोट मागियो। स्थानीय तहको निर्वाचनमा ताप्लेजुङको सबै पालिका , काठमाडौंको निर्वाचन क्षेत्र नं ५ र तराईको सर्लाही,सप्तरी,सिराहा,धनुषाको गाउँ गाउँमा भोट माग्दै हिडियो, जतिबेला नेकपा एमालेलाई तराईमा निर्वाचन प्रचारप्रसारमा अबरोध गरिएको थियो ।

एमालेको उम्मेदवारलाई जिताउन इमानदारीपूर्वक भुमिका खेलियो,कारण थियोे नेकपा एमाले ,चुनाब चिन्ह सुर्य। २०७५ जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिच एकीकरण भएको घोषणा नेताहरुले गर्नु भयो।नेकपा एमालेको जनबर्गिय संगठन नेपाल उद्योग ब्यबसायी महासंघ सचिवबाट घटुवा गरि नेपाल राष्ट्रिय उद्योग ब्यवसायी महासंघको प्रदेश १ को अध्यक्ष बनाईयो। पार्टीको २०७५ साल जेठ ३ गते देखि उद्योग तथा ब्यवसायीको जिल्ला कमिटी ,प्रदेश कमिटी बिभाग गठनको काम ३ बर्ष सम्म पूरा भएन, एकीकरण ३ बर्षमा भत्कियो। नेकपा एमाले र माओवादी केन्द्र सर्वोच्च अदालतको निर्णयको कारण छुटियो,२०७५ जेठ २ को अबस्थामा पुगियो। मेरो नेकपा एमालेको उद्योग तथा बाणिज्य बिभागको सदस्य र नेपाल उद्योग तथा बाणिज्य महासंघको सचिव जिम्मेवारीमा रहेर काम गर्ने सोचेको थिएं । तर नेकपा एमालेको पार्टीको बैठकले नेताहरुको मनमुटाव सिधाान्तमा होइन,ब्यक्तिगत रहेछ। नेकपा एमालेले जनताको बहुदलीय जनबाद बोकेको पार्टी हैन, गुटबन्दीमा चर्लुम्म डुबेको रहेछ।जब पार्टी पार्टीको रुपमा नरहेर ब्यक्तिगत रिस सांध्ने साधन बनाइन्छ, सिद्धान्त छोडिन्छ,यसले गलत दिशा समाउंदछ ।

मैले २०४३ सालमा पाएको प्रशिक्षण अहिले आएर गलत साबित भयो,अबको जीवनको अमुल्य समय गलत बाटोमा लाग्नु भन्दा आजको मितिबाट नेपाल कम्युनिस्ट पार्टी एमालेको उद्योग तथा बाणिज्य बिभागको सदस्य, नेकपा एमालेको जन बर्गिय संगठन नेपाल उद्योग ब्यवसायी महासंघको सचिवबाट राजिनामा दिंदै नेकपा एमालेको पार्टी सदस्यता त्यागेको जानकारी गर्दछु ।

बलबहादुर तामाङ

सदस्य

उद्योग वाणिज्य विभाग

सचिव

नेपाल उद्योग वाणिज्य महासंघ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ