२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर व्यवसायी बल बहादुर तामाङले त्यागे एमालेको संगठित सदस्यता

२०७७, २९ फाल्गुन शनिबार १२:३४

फाल्गुन २९, काठमाडौं । नेकप(एमाले) निकट उद्योगी व्यवसायीहरुको संगठन नेपाल उद्योग ब्यवसायी महासंघका सचिव बल बहादुर तामाङले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित संगठित सदस्यता समेत त्यागेको घोषणा गरेका छन् । 

पार्टीले नीति सिद्धान्त बिर्सेको भन्दै उनले फेसबुकमा लामो स्टाटस लेखेर एमालेका सम्पूर्ण जिम्मेवारी र संगठित सदस्यता समेत त्यागेको घोषणा गरेका हुन् । उनले एमाले निकट व्यवसायीहरुको उम्मेदवार बनेर वैदेशिक रोजगार व्यवसायी महासंघको अध्यक्ष समेत निर्वाचित भएका थिए ।

ताप्लेजुङका तामाङले पार्टी सदस्यता त्याग्दै लेखेको स्टाटस यस्तो छ ।

राजनीति भनेको समाज परिवर्तनको अश्त्र सम्झेर बीसं २०४३ बाट कम्युनिस्ट पार्टीमा लागियो,सुर्य चिन्नमा भोट लगाउन आमा बुबा,तथा छिमेकीलाई अनुरोध गरियो।बिद्यालय स्तरमा जनसांस्कृतिक कार्यक्रम तथा सबै बिद्यार्थीलाई अनेरास्ववियुको झन्डामा गोलबन्द हुन अह्वान गरियो ,नेकपा एमाले पार्टीको उद्योग तथा बाणिज्य केन्द्रीय बिभागमा बसेर काम गरियो ।नेकपा एमालेको सरकारले घोषणापत्र बमोजिम काम गर्नेछ,सडक,रेलमार्ग बिमानस्थल ,बिधुत,स्वास्थमा आमूल परिवर्तन गर्नेछ, रोजगारको पुरा ग्यारेन्टी गर्नेछ त्यसपछि हामी नेपाली सुखी हुनेछौं भनेर आम मानिसहरुसंग भोट मागियो। स्थानीय तहको निर्वाचनमा ताप्लेजुङको सबै पालिका , काठमाडौंको निर्वाचन क्षेत्र नं ५ र तराईको सर्लाही,सप्तरी,सिराहा,धनुषाको गाउँ गाउँमा भोट माग्दै हिडियो, जतिबेला नेकपा एमालेलाई तराईमा निर्वाचन प्रचारप्रसारमा अबरोध गरिएको थियो ।

एमालेको उम्मेदवारलाई जिताउन इमानदारीपूर्वक भुमिका खेलियो,कारण थियोे नेकपा एमाले ,चुनाब चिन्ह सुर्य। २०७५ जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिच एकीकरण भएको घोषणा नेताहरुले गर्नु भयो।नेकपा एमालेको जनबर्गिय संगठन नेपाल उद्योग ब्यबसायी महासंघ सचिवबाट घटुवा गरि नेपाल राष्ट्रिय उद्योग ब्यवसायी महासंघको प्रदेश १ को अध्यक्ष बनाईयो। पार्टीको २०७५ साल जेठ ३ गते देखि उद्योग तथा ब्यवसायीको जिल्ला कमिटी ,प्रदेश कमिटी बिभाग गठनको काम ३ बर्ष सम्म पूरा भएन, एकीकरण ३ बर्षमा भत्कियो। नेकपा एमाले र माओवादी केन्द्र सर्वोच्च अदालतको निर्णयको कारण छुटियो,२०७५ जेठ २ को अबस्थामा पुगियो। मेरो नेकपा एमालेको उद्योग तथा बाणिज्य बिभागको सदस्य र नेपाल उद्योग तथा बाणिज्य महासंघको सचिव जिम्मेवारीमा रहेर काम गर्ने सोचेको थिएं । तर नेकपा एमालेको पार्टीको बैठकले नेताहरुको मनमुटाव सिधाान्तमा होइन,ब्यक्तिगत रहेछ। नेकपा एमालेले जनताको बहुदलीय जनबाद बोकेको पार्टी हैन, गुटबन्दीमा चर्लुम्म डुबेको रहेछ।जब पार्टी पार्टीको रुपमा नरहेर ब्यक्तिगत रिस सांध्ने साधन बनाइन्छ, सिद्धान्त छोडिन्छ,यसले गलत दिशा समाउंदछ ।

मैले २०४३ सालमा पाएको प्रशिक्षण अहिले आएर गलत साबित भयो,अबको जीवनको अमुल्य समय गलत बाटोमा लाग्नु भन्दा आजको मितिबाट नेपाल कम्युनिस्ट पार्टी एमालेको उद्योग तथा बाणिज्य बिभागको सदस्य, नेकपा एमालेको जन बर्गिय संगठन नेपाल उद्योग ब्यवसायी महासंघको सचिवबाट राजिनामा दिंदै नेकपा एमालेको पार्टी सदस्यता त्यागेको जानकारी गर्दछु ।

बलबहादुर तामाङ

सदस्य

उद्योग वाणिज्य विभाग

सचिव

नेपाल उद्योग वाणिज्य महासंघ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा