२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले प्रवेश गरेका चार मन्त्रीको सांसद पद आज गुम्ने

२०७७, २६ चैत्र बिहीबार ०७:१२

चैत २६, काठमाडौँ । बिहिबार चार जना मन्त्रीको सांसद पद गुम्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका चार जना सांसद ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र सहरी विकास मन्त्री प्रभु साहको संसद पद गुम्ने भएको हो ।

आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उनीहरू सांसद नभएको सूचना सुनाउने भएका हुन् । यसअघि मंगलबार माओवादी केन्द्रले उनीहरुलाई सांसदबाट हटाउन संसद सचिवालयमा पत्र पठाएको थियो ।

संसद बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी केन्द्रले उनीहरूलाई सांसदबाट हटाउन पठाएको पत्रमा छलफल भएको हो । माओवादी केन्द्रबाट सांसद बनेका उनीहरु नेकपा विभाजपछि ओली समूहमा लागेका थिए ।

उनीहरु अहिले नेकपा एमालेको केन्द्रिय सदस्य बनेका छन् । एमालेमा प्रवेश गरेपछि उनीहरुलाई माओवादी केन्द्रले कारबाही गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट