१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सांसद पद खारेज भएका ४ मन्त्रीको पुनः नियुक्ति

२७ चैत्र २०७७, शुक्रबार ०८:१७

चैत २७, काठमाडौँ । बुधबार सांसद पद खारेज भएका ४ जना मन्त्रीको भोलिपल्टै पुनः नियुक्ति भएको छ । शुक्रबार राष्ट्रपति विद्या देवी भण्डारीले नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा ४ जना मन्त्रीको नियुक्ति गरेकी हुन् ।

लेखराज भट्टलाई उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री,टोपबहादुर रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री,गौरीशंकर चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र प्रभु साहलाई सहरी विकास मन्त्रीमा पुनः  नियुक्ति गरिएको हो ।

यसअघि माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका उनीहरुको बिहिबार सांसद पद खारेज भएको थियो । बिहिबार बोलाइएको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नि प्रशाद सापकोटाले चार जना मन्त्रीहरुको सांसद पद खारेज भएको जानकारी गराएका थिए । 

यसअघि मंगलबार माओवादी केन्द्रले उनीहरुलाई सांसदबाट हटाउन संसद सचिवालयमा पत्र पठाएको थियो । माओवादी केन्द्रबाट सांसद बनेका उनीहरु नेकपा विभाजपछि ओली समूहमा लागेका थिए । उनीहरु अहिले नेकपा एमालेको केन्द्रिय सदस्य बनेका छन् । 

एमालेमा प्रवेश गरेपछि उनीहरुलाई माओवादी केन्द्रले कारबाही गर्ने निर्णय गरेको हो । राजनीतिक दल समबन्धि  ऐनअनुसार दल परित्याग गरेमा सांसद पद खारेज हुने व्यवस्था छ । सांसद नरहेको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था रहेको छ जस अनुसार ओलीले उनीहरुलाई मन्त्रीमा पुनः नियुक्तिका लागि सिफारिस गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ