१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बूढानीलकण्ठमा तीन दलबीच सत्ता समीकरणबारे छलफल

२७ चैत्र २०७७, शुक्रबार १२:५२

चैत २७, काठमाडौं । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताबीच सत्ता समीकरणबारे आज छलफल भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भएको बैठकमा सभापति देउवाले कांग्रेस केन्द्रीय कार्यसमितिले केही दिनअघि गरेको निर्णयबारे जानकारी गराउनुभएको थियो । 

कांग्रेसले यही चैत २० गते सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेको महिना दिनभन्दा बढी समय हँुदासमेत प्रधानमन्त्रीले पदत्याग गरेर मार्गप्रशस्त नगरेको भन्दै प्रधानमन्त्रीको राजीनामा माग र आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको थियो । 

सभापति देउवाले राखेको उक्त प्रस्तावलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘सकारात्मक छ’ भन्नुभएको बैठकमा सहभागी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । अध्यक्ष दाहालले त्यसमा आफूहरु साथमा रहेकोसमेत अवगत गराउनुभएको थियो । जसपाका नेताहरुले भने सो प्रस्तावबारे आफ्नो पार्टीमा छलफल गरेर निर्णय गरेपछि पुनः बस्ने बताउनुभएको थियो । 

प्रवक्ता शर्माले सत्ता समीकरणका लागि तीन दलबीच भएको पहिलो बैठक सकारात्मक रुपमा टुगिङ्एको बताउनुभयो । 

बैठकमा कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा शशाङ्क कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा प्रकाशशरण महत र प्रवक्ता शर्मा, माओवादी केन्द्रका तर्फबाट अध्यक्ष दाहाल, नेताद्वय कृष्णबहादुर महरा र देवबहादुर गुरुङ, प्रवक्ता नारायणकाजी श्रेष्ठ एवं जसपाका तर्फबाट अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, सङघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई, वरिष्ठ नेताद्वय राजेन्द्र महतो र अशोक राईलगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो