१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्वोच्चको न्यायाधीश बन्न सुवेदीको योग्यता पुग्ने

३० चैत्र २०७७, सोमबार १२:५२

चैत ३०, काठमाडौँ । सर्वोच्च अदालतले न्याय परिषद्द्वारा सर्वोच्च अदातलका लागि प्रस्तावित न्यायाधीश नहकुल सुवेदीको योग्यता पुग्ने फैसला सुनाएको छ । 

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले आज नेपालको संविधानअनुसार न्याय सेवाको सह–सचिवस्तरको कर्मचारी र उच्च अदालतको मुख्य न्यायाधीशको हैसियतले काम गरेको दुवै समयावधि जोड्दा योग्यता पुग्ने फैसला सुनाएको हो । 

“निजले न्याय सेवाको रा.प प्रथम श्रेणी वा सोभन्दा माथिल्लो पदमा १२ वर्षभन्दा बढी अवधिको अनुभव हासिल गरी सकेर निजको संविधानको धारा १२९ को उपधारा (५) बमोजिम सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति हुने योग्यता पुगेको नै देखिँदा संविधानको उक्त धाराबमोजिम निजको योग्यता नपुगेको हुँदा निजको नियुक्ति उत्प्रेषणको आदेशले बदर गरी पाऊँ भन्ने निवेदन जिकिर पुग्न सक्दैन ।”

सर्वोच्च अदातलका न्यायाधीशमा सुवेदीको योग्यता नपुग्ने हुँदा उक्त निर्णय बदर गर्न माग गर्दै वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले रिट निवेदन दायर गर्नुभएको थियो । सर्वोच्च अदालतले योग्यता पुग्ने फैसला गर्दै उक्त रिट निवेदन खारेज गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ