२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सांसद झपटबहादुर बोहरालाई निलम्बन गर्न सिफारिस

२०७८, २ बैशाख बिहीबार १७:३४

वैशाख २, कैलाली । नेकपा माओवादी केन्द्र त्यागेर नेकपा एमाले केपी ओली पक्षमा प्रवेश गरेका सांसद झपटबहादुर बोहोरालाई माओवादी केन्द्रले कारबाहीका लागि सुदुरपश्चिम प्रदेश सभा सचिवालयमा पत्र दर्ता गरेको छ ।

माओवादी केन्द्रले बिहीबार अपरान्ह ४ बजे प्रदेश सचिवालयमा उक्त पत्र दर्ता गरेको हो । माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक अक्कल रावलले पार्टीको केन्द्रीय कमिटीको निर्णय अनुसार सचिवालयमा बोहोरालाई कारबाहीका लागि पत्र दर्ता गराएको जानकारी दिए ।

केन्द्रीय कमिटीले यही चैत्र ३१ गते बोहोरालाई कारबाहीका लागि निर्णय गरेको रावलले बताए । राजनीतिक दल सम्बन्धी ऐन २०७३ को धारा ३४ अनुसार सांसद पदबाट निष्कासन गरिएको सुचना प्रदेश सचिवालयमा जानकारी गराएको उनले बताए । 

माओवादी केन्द्रको कारवाहीमा परेका बोहोरा अछाम जिल्ला निर्वाचन क्षेत्र नं १ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश कमिटीले गत चैत्र २५ गते २४ घण्टे स्पष्टीकरण सोधेको थियो । बोहोराले कुनै जवाफ नदिएपछि राजनीतिक दल सम्बन्धी एन अनुसार कार्बाहीका लागि केन्द्रीय कमिटीलाई सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी