२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माधव नेपाल सहित ८ जनालाई स्पष्टीकरण सोध्ने एमाले महाधिवेशन कमिटिको निर्णय

२०७८, ६ बैशाख सोमबार ११:३७

वैशाख ६, काठमाडौँ । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन आयोजक कमिटिको बैठकले माधव नेपाल सहित ८ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले महाधिवेशन कमिटिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले बरिष्ठ नेता माधवकुमार नेपाल,भिम रावल,घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई दुई दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदिप कूमार ज्ञवालीले जानकारी दिए । कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने चार जना सांसद प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमर थापालाई पनि स्पष्टीकरण सोधिएको उनले बताए । 

'कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने चार जना प्रदेश सभा सदस्यहरु र अस्ति चित्त बुझ्दो स्पष्टीकरण नदिएर निलम्बनमा परेका चार जना नेताहरुलाई थप दुई दिनको समय राखेर स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।' ज्ञवालीले भने ।

बैठकले वर्तमान राजनीतिक परिस्थितिको समिक्षा गरेको उनले बताए । नेकपाको तिन वर्षीय अवधिको समिक्षा गरिएको र धेरै प्रतिकुलताका बिच पनि महत्वपूर्ण उपलब्धि हाँसिल गरेको निष्कर्ष प्रतिवेदनले निकालेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन