२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

प्रदेशसभा सदस्य बोहराको पद रिक्त

६ बैशाख २०७८, सोमबार १३:०२

वैशाख ६, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाका सदस्य झपटबहादुर बोहराको प्रदेशसभा सदस्य पद रिक्त भएको छ । आज बसेको प्रदेशसभाको बैठकमा सभामुख अर्जुनबहादुर थापाले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट प्रदेशसभा सदस्य बोहराले दल त्याग गरेकोसम्बन्धी सूचना प्रदेशसभा सचिवालयमा दर्ता भएअनुसार नेपालको संविधानको धारा १८० तथा राजनीतिक दलसम्बन्धी ऐन र सुदूरपश्चिम प्रदेशसभा नियमावली, २०७४ बमोजिम उहाँको प्रदेशसभा सदस्य पद रिक्त भएको जानकारी दिनुभयो । 

अछाम जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ को ‘ख’ बाट प्रदेशसभा सदस्यमा माओवादी केन्द्रका तर्फबाट निर्वाचित बोहरा हालै नेकपा (एमाले) मा प्रवेश गर्नुभएको थियो । प्रदेश सरकारका निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री बोहरा एमालेमा प्रवेश गरेसँगै माओवादी केन्द्रले दल त्याग गरेकोसम्बन्धी सूचना प्रदेशसभा सचिवालयमा वैशाख ३ गते दर्ता गराएको थियो । उहाँलाई माओवादी केन्द्रले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित गर्ने निर्णय गरेको थियो । 

त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभाका एक जनाको पद रिक्त भएसँगै ५२ प्रदेशसभा सदस्यमा सीमित भएको छ । यसमध्ये नेकपा माओवादी केन्द्र अब १३ जनामा सीमित रहेको छ । एमालेका २५, नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुईजना प्रदेशसभा सदस्य रहेका छन् । आजको बैठकमा प्रदेशसभाको अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति हर्कबहादुर कुँवरले समितिमा दफावार छलफल भई तयार पारिएको ‘सुदूरपश्चिम प्रदेशको राष्ट्रिय वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने