2026-10-23 06:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

विराटनगरमा निषेधाज्ञा लगाउन सकिन्छ : मुख्यमन्त्री राई

वैशाख १७, मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोराना महामारीको भयावह अन्त्य गर्न विराटनगरमा निषेधाज्ञा लगाउनसकिने बताउनुभएको छ । कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्रअन्तर्गत सञ्चालित नागरिक केयर सेन्टरको आज अवलोकन गर्दै उहाँले विराटनगर कोरोनाको मुख्य केन्द्रविन्दु रहेकाले एक दुई दिनको अवस्था हेरर सुरक्षा, प्रशासन, स्थानीय निकाय एवं सबैको सहयोगबाट प्रदेश सरकारले छलफलपश्चात् आवश्यक सावधानीका लागि निषेधाज्ञा लगाउने निर्णय गर्नुपर्ने हुन सक्ने जानकारी दिनुभयो ।

उहाँले सुनसरी जिल्लामा निषेधाज्ञा लागू भएको र यहाँ पनि कोरोना नियन्त्रणका लागि सावधानीको पूर्वतयारीका रूपमा निषेधाज्ञा लगाउनुपर्ने हुन सक्ने बताउनुभयो । मुख्यमन्त्री राईले निषेधाज्ञाको अवस्थामा गरीब एवं विपन्नहरुको आवश्यकतालाई ध्यानमा राखी उद्योग, व्यापारी र नागरिक समाजको सहयोगमा विगतको अनुभवका आधारमा  सरकारले काम गर्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले सङ्क्रमितको सङ्ख्या जतिसुकै वृद्धि भए पनि  उपचारमा कुनै कमी हुन नदिन यस क्षेत्रका निजी अस्पताल, शिक्षण अस्पताललगायतसँग आवश्यक सम्झौता गरी उपचारको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जिल्लामा स्थानीयस्तरमा कोरोना सङ्क्रमितको सहज र गुणस्तरीय उपचारका लागि सम्पूर्ण जिल्लामा २० शय्याको आइसोलेसन र उपचार कक्ष निर्माणका लागि आवश्यक निर्देशन एवं बजेट व्यवस्था गरिएकाले बिरामीको स्थानीयस्तरमा उपचार हुने उहाँको भनाइ थियो ।

मुख्यमन्त्री राईले प्रदेशको खुला सीमा क्षेत्रमा आवश्यक जाँचमा कडाइ गर्नाका साथै मुख्य सीमा नाकाहरु गौरीगञ्ज, भाण्टाबारी, रानी, काँकडभिट्टा, पशुपति नगरसहित जिल्ला प्रवेशद्वारका रुपमा रहेको सोलु, ओखलढुङ्गा, खोटाङमा होल्डिङ सेन्टर, क्वारेन्टिन निर्माणका लागि निर्देशनसहित बजेटका व्यवस्था गरिएको जानकारी दिनुभयो ।

सामाजिक विकासमन्त्री उषाकला राईले सङ्क्रमितको उपचारका लागि विशिष्टीकृत सेवासहित आवश्यक जनशक्तिको व्यवस्था गरिएकाले केन्द्रले गुणस्तरीय सेवा प्रदान गर्ने बताउनुभयो । सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले केन्द्रलाई भविष्यमा आवश्यक पर्ने जनशक्ति करारमा उपलब्ध गराउने जानकारी दिनुभयो ।

कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्रको हाताभित्र सञ्चालित नागरिक केयर सेन्टर आजदेखि पुनः सञ्चालन भएको छ । सेन्टर र केन्द्रको गरी १८० शय्यामध्ये २८ भेन्टिलेटर आइसियु र बाँकी सबै शय्या अक्सिजन र एचडियू रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने