२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सेनाको कमाण्ड मुख्यालय स्थापना र नेतृत्व नियुक्ति प्रक्रिया शुरु

२०७८, १८ बैशाख शनिबार ०५:३०

नारायण न्यौपाने । वैशाख १८, काठमाडौँ । नेपाली  सेनाले कमाण्ड संरचनामा प्रवेश गर्ने क्रमसँगै चारवटै कमाण्ड मुख्यालयलाई सञ्चालन गर्न नेतृत्व नियुक्ति प्रक्रिया शुरु गरेको छ । सरकारको स्वीकृति र सेनाको योजनाअनुरुप चारवटा कमाण्ड मुख्यालयलाई सञ्चालन गर्न आवश्यक जनशक्ति र प्रमुखको नियुक्ति प्रक्रिया शुरु गरेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।

कमाण्ड मुख्यालय स्थापना र सञ्चालनका लागि काम अघि बढिसकेको छ । लामो अध्ययन, अनुसन्धान, गहन छलफल र गृहकार्यपछि सङ्गठनलाई कमाण्ड अवधारणामा अघि बढाउन सेना सफल भएको हो । सेनाको कमाण्ड अवधारणालाई सरकारले गत फागुनमा स्वीकृत गरेको थियो ।

उहाँले भन्नुभयो, “कमाण्ड प्रमुखको जिम्मेवारीसम्बन्धी जङ्गी अड्डाले सम्भावित सूचनासमेत निकालिसकेको छ । कमाण्ड मुख्यालय सञ्चालन गर्ने क्रममा यो पहिलो ठोस कदम हो ।” कमाण्ड अवधारणा शुरुआत वैशाखको पहिलो साताबाटै गरिए पनि आगामी साउनसम्ममा पूर्णरूपमा कार्यान्वयनमा लैजाने योजना रहेको पनि प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

सेनाको चेनअफ कमाण्डलाई छिटो/छरितो तुल्याउन र तीन तहको कमाण्डलाई सु–सङ्गत गर्ने मुख्य उद्देश्यले जङगीअड्डाले कमाण्ड अवधारणा अघि बढाएको हो । यस अवधारणा अघि बढेसँगै हालको पृतनाको संरचना क्रमशः खारेज हुनेछ । उपत्यकासहित मुलुकमा हाल सेनाका आठ पृतना छन् । पृतनाको प्रशासनिक संरचनाको प्रभावकारिता अभिवृद्धि गर्न कमाण्डसम्बन्धी संरचना ल्याइएको हो । कमाण्ड अवधारणाले ‘अप्रेशन, टयाक्टिकल र स्टाटेजी’ लाई व्यवस्थित गर्नेछ । कोशी, गण्डकी र कर्णाली नदीका आधारमा उत्तर–दक्षिण भूगोललाई समेटिएका तीन  र रणनीतिक महत्व बोकेको उपत्यकालाई बेग्लै उपत्यका कमाण्ड खडा गरिएको छ ।

पूर्वी कमाण्डमा प्रदेश नं १,  प्रदेश नं २ र वाग्मती प्रदेशका केही जिल्ला पर्छ भने उपत्यका कमाण्डमा काठमाडौँ, भक्तपुर र ललितपुर समेटिएको छ । पश्चिम कमाण्डमा कर्णाली प्रदेश, सुदूरपश्चिम  प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्ला समेटिनेछन् भने मध्य कमाण्डअन्तर्गत गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशका केही जिल्ला पर्छन् ।

सेनामा निकै अघिदेखिको साङ्गठनिक संरचना कस्तो हुनुपर्छ भनी आन्तरिक बहसको विषय बन्दै आएको कमाण्ड अवधारणाका विषय व्यापक छलफलपछि परिमार्जनसहित आएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशक पौडेलले बताउनुभयो ।

पूर्वी कमाण्ड हिले वा धनकुटा, उपत्यका कमाण्ड काठमाडौँ, मध्य कमाण्ड पोखरा र पश्चिम कमाण्डको सुर्खेतमा मुख्यालय रहने गरी  प्रारम्भिक प्रस्ताव गरिएको छ । नेपाली सेनाका हालका १८ वटा बाहिनीमध्ये कुनैमा पाँच वटासम्म बाहिनी रहने अवस्था हुनेछ । उपरथी दर्जाले नेतृत्व गर्ने कमाण्ड अवधारणामा जाँदा सेनामा विशिष्ट श्रेणीको कुनै पनि दरबन्दी थप हुनेछैन ।

नयाँ आवधारणा अघि बढेसँगै सैनिक मुख्यालयका कतिपय निर्देशनालय र विभागको स्तरोन्नति गरिने बताइएको छ । कमाण्ड संरचनामा प्रवेश गरेसँगै बाहिनी, गण र गुल्मले ट्याक्टिकल, कमाण्डले अप्रेशनल तहको योजना निर्माण, कार्यान्वयन र अनुगमन तथा जङ्गीअड्डाले रणनीति र राज्य तहका विषयमा ध्यान केन्द्रित गर्नेछ । नेपाली सेनासँग भएको स्रोत साधनको सन्तुलित वितरण र व्यवस्थापन हुनेछ ।

कमाण्डसम्बन्धी अवधारणा अघि बढाउँदा सरकारलाई कुनै आर्थिक भार नपर्ने सेनाले जनाएको छ । यद्यपि, समायोजनका क्रममा हुने पुनःसंरचनामा प्रमुख सेनानी र महासेनानीको दरबन्दी भने केही बढ्न सक्ने अनुमान गरिएको छ । धेरै पहिलेदेखि सैनिक व्यक्तिले बौद्धिकरूपमा छलफल गर्दा आवश्यक पर्छ भनेको विषयका रूपमा रहेको कमाण्ड अवधारण सेनाको सङ्गठनलाई युग सुहाउँदो तुल्याउने सन्दर्भमा ऐतिहासिक कदमका रूपमा लिइएको बताइएको छ । रासस 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह