१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लवको पार्टी फुट्यो, धमलाको संयोजकत्वमा ५१ सदस्यीय केन्द्रीय समिति गठन

१८ बैशाख २०७८, शनिबार ०६:०८

वैशाख १८, काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी फुटेको छ । सरकारसँग तीन बुँदे सहमति गरेको नेकपाभित्र लामो समयदेखि अन्तरविरोध र विवाद रहँदै आएको थियो । नेकपाका पूर्व वरिष्ठ पोलिट्ब्यूरो कृष्णप्रसाद धमलाको संयोजकत्वमा पार्टी विभाजन भएको हो ।

विप्लवले क्रान्तिको नाममा नेपाली जनतालाई फेरि धोका दिएकोले नयाँ ढंगले अगाडि बढ्नु पर्ने अवस्था आएको बताए । शनिबार एक विज्ञप्ति जारी गरेर नयाँ पार्टीको घोषणा गरिएको छ । नयाँ पार्टीको नाम जन समाजवादी मञ्च, नेपाल राखिएको छ ।

“आन्दोलनले नेतृत्वलाई उचाइमा पुर्याउने तर अन्ततः नेतृत्वले नै जनता र क्रान्तिलाई धोका दिएको इतिहासका साक्षी स्वयं हामी नै छौं । तीनै नेतृत्वले आपूmलाई देवत्वकरण गरी क्रान्तिलाई विशर्जन गर्ने प्रबृत्ति हावी रहेको हुनाले लक्ष्य र गन्तब्यसम्म पुग्न नसक्नु विडम्वना नै बनिसकेको सन्दर्भमा सामन्तवादी, साम्राज्यवादी, जडसुत्रवादी चिन्तन र प्रवृत्तिका बिरुद्ध भिषण संघर्षको आंधिवेहरी सृजना गर्न अत्यन्त आवश्यक र जरुरी भैसकेको छ । तसर्थ, संगठनात्मक हिसाबले जनतालाई जनसम्प्रभूता सम्पन्न गरेर मात्र अब बाँकी अधुरो क्रान्ति सम्पन्न गर्न सकिने छ” जारी विज्ञप्तिमा भनिएको छ ।

मञ्चको आगामि कार्यदिशा वैज्ञानिक समाजवादी रहेको उल्लेख गरिएको छ । नयाँ पार्टीमा १० पूर्व केन्द्रीय सदस्य, जिल्ला इन्चार्ज तथा सेक्रेटरी, मजदूर, विद्यार्थीलगायतबाट विद्रोह गरेकाहरु रहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस