वैशाख १९, बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त हुनुभएको छ । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ ।
पोखरेललाई एमालेको एकल बहुमतको मुख्यमन्त्री नियुक्त गरिएको छ । उहाँले आजै मुख्यमन्त्रीबाट दिएको राजीनामा स्वीकृत भएको थियो ।