२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीलाई दिएको समय सकियो, खनाल-नेपाल पक्षका सांसदहरुको बैठक बस्दै

२०७८, २७ बैशाख सोमबार ०३:५१

वैशाख २७, काठमाडौँ | नेकपा एमालेका नेताहरु झलनाथ खनाल र माधव नेपाल पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई दिएको अल्टिमेटम सकिएको छ । आइतबार बसेको खनाल नेपाल पक्षीय सांसदको बैठकले पार्टी एकताका लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई सोमबार बिहानसम्मको अल्टिमेटम दिएका थिए ।

उक्त अल्टिमेटममा अध्यक्ष ओलीले गत फागुन २८ गते गरेको निर्णय फिर्ता गर्नुपर्ने र पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउने प्रतिबद्धता व्यक्त गर्नु पर्ने कुरा नेकपा एमालेका नेताहरु झलनाथ खनाल र माधव नेपाल पक्षले  प्रस्ताव गरेका थिए । तर नेपाल/खनाल पक्षले दिएको समयमा ओलीबाट कुनै प्रतिबद्धता नआएपछि खनाल नेपाल पक्षले सांसदको बैठक बोलाएको छ ।

खनाल नेपाल पक्षका सांसदहरुले राजीनामाका विषयमा छलफल गर्न साढे ९ बजे  संघीय संसद सचिवालय सिंहदरबारमा बैठक बस्दैछ । आजै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वास मत लिंदैछन् । त्यसअघिनै पार्टी अध्यक्षलाई आफूहरुको मागको पक्षमा प्रतिबद्धता सहित आउन खनाल-नेपाल पक्षका सांसदले ओली समय दिएको तर समय सकिएपछि आफ्नो निर्णय लिन उनीहरुको वैठक बस्न लागेको हो । विश्वासको मत लिन बोलाएको प्रतिनिधिसभाको बैठक आज १ बजे बस्दै छ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र माओवादी केन्द्रले विश्वासको मतको विपक्ष मतदान गर्ने निर्णय लिइसकेको छ । त्यस्तै जनता समाजवादी पार्टीले विश्वासको मतका सन्दर्भमा पक्ष विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई स्वतन्त्र छाडिदिएको अवस्था छ । यसैबीच जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले विश्वासको मतको विपक्षमा मतदान गर्ने बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह