१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकसेवा सहित विभिन्न संवैधानिक आयोगमा पदाधिकारी सिफारिस, कुन आयोगमा को को परे ?

२७ बैशाख २०७८, सोमबार ०७:३५

वैशाख २७, काठमाडौँ (रासस)। संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगमा रिक्त पदाधिकारीमा नियुक्तिका लागि सिफारिश गरेको छ । परिषद्ले लोकसेवा आयोगका अध्यक्षमा माधवप्रसाद रेग्मी (झापा) तथा सदस्यमा माधव बेल्बासे (कपिलवस्तु), वीरबहादुर राई (इलाम), दिनेश सिलवाल (ललितपुर) र  मञ्जु कुमारी (महोत्तरी) लाई नियुक्त गरेको  छ ।

परिषद्को आइतबार बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका रिक्त आयुक्तमा डा हरि पौडेल  (बाग्लुङ) र डा सुमित्रा श्रेष्ठ (ललितपुर) को नाम सिफारिश गरेको छ ।

 त्यस्तै निर्वाचन आयोगका सदस्यमा सगुनशम्शेर जबरा (रुपन्देही) तथा प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्यमा विपीनराज निरौला (पाँचथर) र सुधाकुमारी झा (धनुषा) लाई नियुक्तिका लागि सिफारिश गरिएको छ । राष्ट्रिय महिला आयोगका बाँकी सदस्यमा जया घिमिरे (धनुषा) र सावित्राकुमारी शर्मा तिवारी (पर्वत) लाई नियुक्तिका लागि सिफारिश गरिएको छ ।

राष्ट्रिय दलित आयोगका सदस्यमा सुन्दर पुर्कुटी (काठमाडौँ), राष्ट्रिय समावेशी आयोगका अध्यक्षमा डा रामकृष्ण तिमिल्सेना (कास्की) तथा सदस्यमा पुष्पराज तिमिल्सिना (पर्वत) र मानप्रसाद खत्री (बझाङ) लाई  सिफारिश गरिएको छ । त्यस्तै आदिवासी जनजाति आयोगका सदस्यमा सूर्यबहादुर गुरुङ (खोटाङ), मधेशी आयोगका सदस्यमा आभा कुमारी (सप्तरी), थारु आयोगका सदस्य डा उमाशंकर चौधरी (नवलपरासी, बर्दघाट सुस्तापश्चिम), मुस्लिम आयोगका सदस्यमा मोहमद सम्सुल हक (सर्लाही) सिफारिश गरिनुभएको छ । 

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले परिषद्ले रिक्त संवैधानिक आयोगका अध्यक्ष तथा सदस्य नियुक्त गरेको जानकारी दिनुभयो । यसअघि बसेको परिषद्को बैठकले आधा मात्र पदाधिकारी नियुक्तिका लागि सिफारिश गरेको थियो । अहिले सबै संवैधानिक आयोग पूर्ण भएको छ । पदाधिकारीविहीन हुँदा आयोगहरुले संवैधानिक उद्देश्यानुरुप काम गर्न सकेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो