२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकसेवा सहित विभिन्न संवैधानिक आयोगमा पदाधिकारी सिफारिस, कुन आयोगमा को को परे ?

२०७८, २७ बैशाख सोमबार ०७:३५

वैशाख २७, काठमाडौँ (रासस)। संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगमा रिक्त पदाधिकारीमा नियुक्तिका लागि सिफारिश गरेको छ । परिषद्ले लोकसेवा आयोगका अध्यक्षमा माधवप्रसाद रेग्मी (झापा) तथा सदस्यमा माधव बेल्बासे (कपिलवस्तु), वीरबहादुर राई (इलाम), दिनेश सिलवाल (ललितपुर) र  मञ्जु कुमारी (महोत्तरी) लाई नियुक्त गरेको  छ ।

परिषद्को आइतबार बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका रिक्त आयुक्तमा डा हरि पौडेल  (बाग्लुङ) र डा सुमित्रा श्रेष्ठ (ललितपुर) को नाम सिफारिश गरेको छ ।

 त्यस्तै निर्वाचन आयोगका सदस्यमा सगुनशम्शेर जबरा (रुपन्देही) तथा प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्यमा विपीनराज निरौला (पाँचथर) र सुधाकुमारी झा (धनुषा) लाई नियुक्तिका लागि सिफारिश गरिएको छ । राष्ट्रिय महिला आयोगका बाँकी सदस्यमा जया घिमिरे (धनुषा) र सावित्राकुमारी शर्मा तिवारी (पर्वत) लाई नियुक्तिका लागि सिफारिश गरिएको छ ।

राष्ट्रिय दलित आयोगका सदस्यमा सुन्दर पुर्कुटी (काठमाडौँ), राष्ट्रिय समावेशी आयोगका अध्यक्षमा डा रामकृष्ण तिमिल्सेना (कास्की) तथा सदस्यमा पुष्पराज तिमिल्सिना (पर्वत) र मानप्रसाद खत्री (बझाङ) लाई  सिफारिश गरिएको छ । त्यस्तै आदिवासी जनजाति आयोगका सदस्यमा सूर्यबहादुर गुरुङ (खोटाङ), मधेशी आयोगका सदस्यमा आभा कुमारी (सप्तरी), थारु आयोगका सदस्य डा उमाशंकर चौधरी (नवलपरासी, बर्दघाट सुस्तापश्चिम), मुस्लिम आयोगका सदस्यमा मोहमद सम्सुल हक (सर्लाही) सिफारिश गरिनुभएको छ । 

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले परिषद्ले रिक्त संवैधानिक आयोगका अध्यक्ष तथा सदस्य नियुक्त गरेको जानकारी दिनुभयो । यसअघि बसेको परिषद्को बैठकले आधा मात्र पदाधिकारी नियुक्तिका लागि सिफारिश गरेको थियो । अहिले सबै संवैधानिक आयोग पूर्ण भएको छ । पदाधिकारीविहीन हुँदा आयोगहरुले संवैधानिक उद्देश्यानुरुप काम गर्न सकेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह