२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओली-नेपाल सहमति, नयाँ सरकार गठनको समयसिमा आजै सकिदै

२०७८, ३० बैशाख बिहीबार १३:२५

वैशाख ३०, काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको दावी नगर्ने भएपछि एमालेकै नेतृत्वमा ओलीनै प्रधानमन्त्री बन्ने अवस्था आएको छ ।

नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरुले राजीनामा नदिने भएपछि नयाँ सरकार नबन्ने बुझेर कांग्रेस र माओवादी केन्द्रने नयाँ सरकारको दावी नगर्ने निश्कर्षमा पुगेका हुन् । बहुमतको सरकार गठनका लागि प्रतिनिधिसभाका १३६ सांसदको समर्थन आवश्यक पर्छ । तर नेपाली कांग्रेस र माओवादी केन्द्रको सांसदहरुको कुल संख्या ११० मात्र हुने र जनता समाजवादी पार्टीभित्र बिबाद रहेकोले नयाँ सरकार गठनको लागि सहज छैन । त्यसो त बीहीबार जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले देउवालाई भेटेर सरकार गठनमा साथ नदिने बताईसकेका छन् ।

कांग्रेस र माओवादी केन्द्र पछाडी हटेसँगै एमालेकै नेतृत्वमा सरकार चल्ने देखिएको छ । बहुमतको सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय आज राति ९ बजे सकिँदैछ । 

कांग्रेस-माओवादी केन्द्र नयाँ सरकार गठनबाट पछि हट्नुमा एमालेमा बनेको सहमति नै हो । यो संगै राजनीति नयाँ दिशातिर मोडिने सम्भावना बढेको छ ।

आज राति ९ बजेसम्म गठबन्धनको दावी पेश नभए केपी ओली नै पुन अल्पमतको सरकारको रुपमा संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्रीमा नियुक्त हुने विकल्प खुला हुनेछ । यद्यपि त्यसअगाडि सिंगो जसपा, कांग्रेस र माओवादी मिलेर गठबन्धन बनाउन सक्ने विकल्प भने कायमै छ ।

ओली नेपाल सहमति

एमालेमा असन्तुष्ट नेता माधव कुमार नेपालले अध्यक्ष केपी ओलीलाई ६ बुँदे शर्त राखेर लेखेको पत्रका विषयमा आज अपराह्न बुढानिलकण्ठमा छलफल भएको छ  । उक्त छलफलमा ओली र नेपालबीच पार्टी विवाद टुंगाउने विषयमा सहमति भएको छ ।

वार्तापछि नेता नेपालले विवाद समाधानका लागि कार्यदल बनाएर अगाडि बढ्ने सहमति भएको बताएका छन् । आजै एमाले स्थायी कमिटीले नेपालसहित उनको समूहका ४ नेताको कारबाही फिर्ता लिएको थियो । त्यसपछि ओली र नेपालबीच भेटवार्ता भएको थियो । ओलीले नेपाललाई कारबाही फिर्ता लिएको भन्दै थप संवादका लागि भन्दै फोन गरेका थिए । 

 राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार गठबन्धन सरकार बनाउन दिएको समयसीमा आज राती नौ बजे सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह