१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओली-नेपाल सहमति, नयाँ सरकार गठनको समयसिमा आजै सकिदै

३० बैशाख २०७८, बिहीबार १३:२५

वैशाख ३०, काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको दावी नगर्ने भएपछि एमालेकै नेतृत्वमा ओलीनै प्रधानमन्त्री बन्ने अवस्था आएको छ ।

नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरुले राजीनामा नदिने भएपछि नयाँ सरकार नबन्ने बुझेर कांग्रेस र माओवादी केन्द्रने नयाँ सरकारको दावी नगर्ने निश्कर्षमा पुगेका हुन् । बहुमतको सरकार गठनका लागि प्रतिनिधिसभाका १३६ सांसदको समर्थन आवश्यक पर्छ । तर नेपाली कांग्रेस र माओवादी केन्द्रको सांसदहरुको कुल संख्या ११० मात्र हुने र जनता समाजवादी पार्टीभित्र बिबाद रहेकोले नयाँ सरकार गठनको लागि सहज छैन । त्यसो त बीहीबार जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले देउवालाई भेटेर सरकार गठनमा साथ नदिने बताईसकेका छन् ।

कांग्रेस र माओवादी केन्द्र पछाडी हटेसँगै एमालेकै नेतृत्वमा सरकार चल्ने देखिएको छ । बहुमतको सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय आज राति ९ बजे सकिँदैछ । 

कांग्रेस-माओवादी केन्द्र नयाँ सरकार गठनबाट पछि हट्नुमा एमालेमा बनेको सहमति नै हो । यो संगै राजनीति नयाँ दिशातिर मोडिने सम्भावना बढेको छ ।

आज राति ९ बजेसम्म गठबन्धनको दावी पेश नभए केपी ओली नै पुन अल्पमतको सरकारको रुपमा संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्रीमा नियुक्त हुने विकल्प खुला हुनेछ । यद्यपि त्यसअगाडि सिंगो जसपा, कांग्रेस र माओवादी मिलेर गठबन्धन बनाउन सक्ने विकल्प भने कायमै छ ।

ओली नेपाल सहमति

एमालेमा असन्तुष्ट नेता माधव कुमार नेपालले अध्यक्ष केपी ओलीलाई ६ बुँदे शर्त राखेर लेखेको पत्रका विषयमा आज अपराह्न बुढानिलकण्ठमा छलफल भएको छ  । उक्त छलफलमा ओली र नेपालबीच पार्टी विवाद टुंगाउने विषयमा सहमति भएको छ ।

वार्तापछि नेता नेपालले विवाद समाधानका लागि कार्यदल बनाएर अगाडि बढ्ने सहमति भएको बताएका छन् । आजै एमाले स्थायी कमिटीले नेपालसहित उनको समूहका ४ नेताको कारबाही फिर्ता लिएको थियो । त्यसपछि ओली र नेपालबीच भेटवार्ता भएको थियो । ओलीले नेपाललाई कारबाही फिर्ता लिएको भन्दै थप संवादका लागि भन्दै फोन गरेका थिए । 

 राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार गठबन्धन सरकार बनाउन दिएको समयसीमा आज राती नौ बजे सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस