2026-09-08 01:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

चिकित्सक सहितको टोली लिएर गोरखा हिंडे नारायणकाजी

जेठ ३, काठमाडौं । नेकपा (माओवादी) केन्द्रका नेता नारायणकाजी श्रेष्ठ स्वास्थ सामग्रीसहित चिकित्सकको टोली लिएर गृह जिल्ला गोरखा लागेका छन्। उनी सोमवार चिकित्सक, ल्याब टेक्निसिएन र अन्य केही स्वयँसेवकसहित गोरखा लागेका हुन्।

गोरखाको विभिन्न ठाँउहरुमा कोभिड संक्रमण बिस्तार भैरहेको र कोभिड हटस्पट बन्दै गैरहेको भन्दै आफुले अभियान थालेको उनले बताएका छन् । उक्त टोलीले केही लक्षण देखापरी शँकास्पद रहेका कोभिड बिरामीसँग सम्पर्कमा रहेकाहरुको तत्काल एन्टिजेन टेष्ट, बिरामीहरुको परीक्षण,आवश्यक परामर्श एवम् तत्काल संभव औषधी, स्वास्थ्य सस्थाहरुलाई केही स्वास्थ्य सामाग्री हस्तान्तरण र स्थानिय सराकारका जनप्रतिनिधि एवम् स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुसँग कोभिड केन्द्रित छलफलको काम गर्नेछ ।

नेता श्रेष्ठले केहीदिन अघि गोरखा पुगेर डिसिसिएमसिको बैठक, पालिकाका स्वास्थ्य कोर्डिनेटरहरुसंगको सामुहिक छलफल गरेका थिए । उनले त्यस अवसरमा गोरखा अस्पतालको स्थितिबारे जानाकारी लिदै गोरखामा कोभिड संक्रमणको रोकथाम, नियन्त्रण र उपचारकाबारेमा तात्कालिक योजना निर्माणमा सहभागी भएर त्यहाँको अवस्थाको जानकारी समेत लिएका थिए ।

त्यस लगत्तै नेता श्रेष्ठले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभाग समेतको सहयोगमा गोरखा अस्पताल र जिल्ला जनस्वास्थ्य कर्यालयलाई केही स्वास्थ्य सामाग्री उपलभ्ध गराउन सहयोग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल