१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शान्ति, सुरक्षा र कोरोना नियन्त्रणमा परिचालन हुन सुरक्षा निकायलाई गृहमन्त्री थापाको निर्देशन

६ जेष्ठ २०७८, बिहीबार ०८:४०

जेठ ६, मकवानपुर (रासस)। गृहमन्त्री रामबहादुर थापाले प्रदेशका जनताको शान्ति सुरक्षाका साथै कोरोना नियन्त्रणलाई केन्द्रविन्दुमा राखेर स्थानीय प्रशासन र सुरक्षा निकायका जनशक्तिलाई उच्च मनोबल बनाएर सम्बन्धित कार्यक्षेत्रमा खटिन निर्देशन दिनुभएको छ ।

उहाँले आज बिहान हेटौँडामा वाग्मती प्रदेशका सुरक्षा निकाय, प्रमुख जिल्ला अधिकारी र सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतसँग भेटघाट गर्दै कोरोना नियन्त्रणका लागि प्रदेश सरकारसँग समन्वय गरेर जनतालाई कोरोनाबाट भयभित हुनबाट मुक्त तुल्याई उनीहरुको उपचार कार्यमा सहजीकरण तुल्याउन सम्बन्धित कार्यालय प्रमुखले आफ्नो स्रोत साधन परिचालन गरी सहयोग पुर्याउन आग्रह गर्नुभयो ।

मन्त्री थापाले प्रदेशका हरेक जिल्लामा जनतालाई शान्ति, सुरक्षा मानवअधिकारको प्रत्याभूति दिलाउन एवं अपराध नियन्त्रणका लागि सङ्घीय सरकारले हरप्रयासका साथ सीमित स्रोत साधन परिचालन गरी जनतालाई विश्वस्त तुल्याउन सरकार कटिबद्ध रहेको पनि उल्लेख गर्नुभयो ।

मन्त्री थापालाई मकवानपुरका प्रजिअ भरतमणि पाण्डेले मकवानपुर जिल्लामा कोभिड सङ्क्रमण नियन्त्रणका लागि भइरहेको प्रयास जिल्लाको शान्ति सुरक्षाको अवस्था र जिल्लामा हाल जनतालाई पुर्याउनैपर्ने सेवाको लागि सामान्यरूपमा भए पनि कर्मचारी राखेर सेवा सुविधा दिइएको पनि जानकारी दिनुभएको थियो । गृहमन्त्री थापाले जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनका विभिन्न कार्यकक्षको पनि अवलोकन गर्नुभएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस