१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस अन्य दलसँग छलफल गरी अघि बढ्ने

७ जेष्ठ २०७८, शुक्रबार ०६:२३

जेठ ७, काठमाडौँ | प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्लो राजनीतिक घटनाक्रमबारे अन्य दलसँग छलफल गरी अघि बढ्ने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बिहान बसेको पार्टी पदाधिकारी एवम् पूर्वपदाधिकारीको बैठकले राष्ट्रपतिबाट संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठन गर्ने प्रयोजनका लागि गरिएको कदम सम्बन्धमा अन्य दलसँग छलफल गर्ने निर्णय गरेको हो ।

राष्ट्रपतिको पछिल्लो कदम संविधानको मूलमर्म विपरीत भएको निष्कर्ष निकाल्दै बैठकले  अन्य दलसँग छलफल गरी अघि बढ्ने निर्णय गरेको कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो । 

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि आज जेठ ७ गते साँझ ५:०० बजेसम्म प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभाका सदस्यलाई बिहीबार आह्वान गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस