१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जसपा कार्यकारिणी समिति बैठक स्थगित

७ जेष्ठ २०७८, शुक्रबार ०८:१५

जेठ ७, काठमाडौँ | जनता समाजवादी पार्टी नेपाल (जसपा) को कार्यकारिणी समितिको बैठक स्थगन भएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गर्दै यही जेठ ८ र ९ गतेका लागि बोलाइएको बैठक स्थगन गर्नुभएको हो ।

‘यसअघि जेठ ४ गते जानकारी गरिएअनुसार जेठ ८ र ९ गते बस्ने भनिएको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठक कोभिड–१९ बढ्दो महामारीको कारणले अर्को सूचना नभएसम्म बैठक स्थगन गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई पक्षले भने एकतर्फी रुपमा बैठक स्थगन गरिएकामा आपत्ति जनाएको छ । यसअघि ठाकुर र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै वर्तमान सरकारमा सहभागी नभई आफ्नै दलका नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने र  नभए प्रतिपक्षमै रहेर भूमिका निर्वाह गर्ने सहमति भएको थियो । दुवै अध्यक्षका सहमतिमा कार्यकारिणी समितिको बैठक बोलाइएको थियो ।

यसैबीच अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षको संसदीय दलको बैठक सिंहदरबारमा जारी छ । उक्त बैठकका सम्बन्धमा यादव र डा भट्टराई पक्षलाई जानकारी नगराइएको जनाइएको छ । ठाकुर–महतो समूहले संसदीय दलका नेतामा राजेन्द्र महतोलाई चयनसमेत गरिसकेको छ । सो पक्षले आफूसँग बहुमत सांसद रहेको दावी गर्दै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस