१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुगुमा एकै साथ राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

११ जेष्ठ २०७८, मंगलवार ०४:४१

दान बहादुर बुढा | जेष्ठ ११, मुगु | हिमाली जिल्ला मुगुको सदरमुकाम गमगढी बजारमा साझँपख नेपाल विद्यार्थी संघ , अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियुको संयुक्त आयोजनामा सोमवार साझ ६ बजेतिर एकै साथ राँके जुलुस प्रदर्शन गरी प्रधानमन्त्री र राष्ट्रपतिको पुल्ता दहन भएको छ । 

जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले चालेको संसद् विघटनको कदमलाई असंवैधानिक भन्दै नेविसंघ र अनेरास्ववियुले संयुक्त रुपमा प्रधानमन्त्री केपि शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीको पुत्ला बनाई मुगुको सदरमुकाम गमगढी बिच बजारमा रहेको कृष्ण चोकमा नाराबाजीका साथ पुत्ला जलाएका हुन् ।


संविधानलाई आफ्नो पेवा सम्झेर मनलाग्दी गरेको र असंबैधानिक तवरले दोश्रो पटक संसद विघटन गरेको भन्दै त्यसको विरोध स्वरूप राँके जुलुस प्रदर्शन गरि प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाइएको हो । यो कदम नसच्चिएसम्म दिन प्रतिदिन कडा अन्दोलन गरिने निवर्तमान नेविसंघका केन्द्रिय सदस्य प्रकाश कुमार शाहीले बताए छन् । 

शाहीका अनुसार अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य नवराज कार्कीको नेतृत्वमा सदरमुकाम स्थित चन्दननाथ होटेलबाट सुरु गरिएको नाराबाजी कृष्ण चोकमा कोण सभा गरि राँके जुलुस प्रदर्शन गरेको साथै कोरोनाले देशमा दैनिक मानिसको मृत्यू र हजारौंको संख्यामा कोरोना संक्रमीत भएको समयमा मानवको स्वास्थ्य रक्षा गर्ने बेला चुनाव घोषणा गरेको र संबिधानलाई केपी र बिद्याको निजी सम्पति सरह ठानेको हुँदा यसको बिरुद्घमा राके जुलुश सहीत राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला समेत जलाएको पर्दर्शनकारीहरुले बताएका छन् ।  

प्रदर्शनमा केपी ओली मुर्दावाद, विद्यादेवी मुर्दावाद, असंबैधानिक कदम फिर्ता गर ! जस्ता नारा लगाइएका थिए भने सरकार विरुद्ध नाराबाजी भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा