2026-09-08 11:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुगुमा एकै साथ राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

दान बहादुर बुढा | जेष्ठ ११, मुगु | हिमाली जिल्ला मुगुको सदरमुकाम गमगढी बजारमा साझँपख नेपाल विद्यार्थी संघ , अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियुको संयुक्त आयोजनामा सोमवार साझ ६ बजेतिर एकै साथ राँके जुलुस प्रदर्शन गरी प्रधानमन्त्री र राष्ट्रपतिको पुल्ता दहन भएको छ । 

जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले चालेको संसद् विघटनको कदमलाई असंवैधानिक भन्दै नेविसंघ र अनेरास्ववियुले संयुक्त रुपमा प्रधानमन्त्री केपि शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीको पुत्ला बनाई मुगुको सदरमुकाम गमगढी बिच बजारमा रहेको कृष्ण चोकमा नाराबाजीका साथ पुत्ला जलाएका हुन् ।

संविधानलाई आफ्नो पेवा सम्झेर मनलाग्दी गरेको र असंबैधानिक तवरले दोश्रो पटक संसद विघटन गरेको भन्दै त्यसको विरोध स्वरूप राँके जुलुस प्रदर्शन गरि प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाइएको हो । यो कदम नसच्चिएसम्म दिन प्रतिदिन कडा अन्दोलन गरिने निवर्तमान नेविसंघका केन्द्रिय सदस्य प्रकाश कुमार शाहीले बताए छन् । 

शाहीका अनुसार अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य नवराज कार्कीको नेतृत्वमा सदरमुकाम स्थित चन्दननाथ होटेलबाट सुरु गरिएको नाराबाजी कृष्ण चोकमा कोण सभा गरि राँके जुलुस प्रदर्शन गरेको साथै कोरोनाले देशमा दैनिक मानिसको मृत्यू र हजारौंको संख्यामा कोरोना संक्रमीत भएको समयमा मानवको स्वास्थ्य रक्षा गर्ने बेला चुनाव घोषणा गरेको र संबिधानलाई केपी र बिद्याको निजी सम्पति सरह ठानेको हुँदा यसको बिरुद्घमा राके जुलुश सहीत राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला समेत जलाएको पर्दर्शनकारीहरुले बताएका छन् ।  

प्रदर्शनमा केपी ओली मुर्दावाद, विद्यादेवी मुर्दावाद, असंबैधानिक कदम फिर्ता गर ! जस्ता नारा लगाइएका थिए भने सरकार विरुद्ध नाराबाजी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो